न्यू डायमण्ड भलिबल टिम प्रतियोगिता खेल्न क्रोएसिया जाने

Pokhara Sports

क्रोएसियामा हुने आईएसएफ विश्व विद्यालय यु–१५ भलिबल च्याम्पियनसिपमा सहभागी हुने न्युडायमन्ड एकेडेमीका ९ खेलाडीसहित १४ सदस्यीय टोलीलाई बुधबार एक कार्यक्रमबीच बिदाइ गरियो ।

मार्च ३० देखि अप्रिल ६ तारिखसम्म हुने प्रतियोगितामा सोनी थपलिया, करिना सुनुवार, सविना तामाङ, दिया परियार, जोया गुरुङ, सजिना श्रेष्ठ, रिया कुँवर, प्रेक्षा राई र सुनिता खड्काले प्रतिस्पर्धा गर्ने छन् ।

टोली नेतामा नेपाल विद्यालय खेलकुद महासंघका महासचिव राजकुमार कार्की, प्रशिक्षकमा कुमार राई, निर्णायकमा चन्द्र बन्दना राई तथा अफिसियलमा मोहनकुमार कार्की र सुनकेशरी माली रहेका छन् ।

टोलीलाई पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, मदन भण्डारी स्पोर्ट्स एकेडेमी एवं विद्यालय खेलकुद महासंघका अध्यक्ष विनोद श्रेष्ठलगायतले एक कार्यक्रमबीच बिदाइ गरे । टोली शुक्रबार क्रोएसिया प्रस्थान गर्दैछ ।

२०७५ चैत्र १३, बुधबार मा प्रकाशित