न्युडायमण्ड क्रोएसिया प्रस्थान

  • काठमाडौं,चैत्र १५

नेपाली भलिबल इतिहासमै पहिलोपटक उमेर समूहको अन्तर्रा्ष्ट्रिय भलिबल प्रतियोगिता आइएसएप वर्ल्ड स्कुल भलिबल च्याम्पियनसिप सहभागिता जनाउन न्यु डायमण्ड एकेडेमीका खेलाडी शुक्रवार साझ क्रोएसिया प्रस्थान गरेका छन् ।

न्यू डायमण्डबाट यु–१५ गल्र्स नेपाली टोलीको कप्तानी सेटर सजिना श्रेष्ठले गरेकी छन् भने टिम प्रशिक्षकको भूमिकामा न्युडायमण्ड एकेडेमीका प्रिन्सिपल समेत रहेका कुमार राई रहेका छन् । क्रोएसिया जाने नेपाली टोलीका अन्य खेलाडीमा सोनी थपलिया,करिना सुनुवार,सविना तामाङ,दिया परियार,जोया गुरुङ,रिया कुवँर,प्रेक्षा राई र सुनिता खड्का रहेका छन् ।

टिमको नेतृत्व प्रमुख ब्यवस्थापकमा राज कुमार काकीले गरेका छन् । यस्तै ब्यवस्थापकमा सुनकेशरी माली,रेफ्रिको भूमिककामा अन्तर्राष्ट्रिय रेफ्रि क्यानिडेड चन्द्रवदना राई र स्कुल डाइरेक्टरको भूमिकामा मोहन कुमार कार्की रहेका आयोजकले जनाएको छ ।

प्रतियोगितामा नेपालसहित विभिन्न १४ देशको सहभागिता रहने छ । जसमा बुल्गेरिया, चिली, चीन, चाइनिज ताइपेइ, क्रोएसिया, इस्टोनिया, फ्रान्स, हंगेरी, म्यासेडोनिया, नेपाल, नेदरल्यान्डको दुई टोली, स्पेन र युक्रेन रहेने नेपाल स्कुल स्पोर्टस् फेडेरेसन (एनएसएफ) ले जनाएको छ।

प्रतियोगिता १६ देखि २२ चैतसम्म सञ्चालन हुनेछ । न्यूडायमण्ड टोलीलाई शुक्रवार अन्तर्राष्ट्रिय बिमानस्थलमा खेलाडीका परिवारजनले बिदाई गरेका थिए ।

२०७५ चैत्र १६, शनिबार मा प्रकाशित