ला लिगा: मेस्सीको दुई गोलमा बार्सिलोना विजयी

ला लिगा अन्तर्गत स्ट्राइकर लियोनल मेस्सीले दुई गोल गरेपछि गएराती भएको खेलमा बार्सिलोनाले इस्पानोललाई २-० गोल अन्तरले पराजित गरेको छ। जितसँगै बार्सिलोनाले अंकतालिकाको शीर्ष स्थानमा रहँदै १० अंकको अग्रता बनाएको छ।

पहिलो हाफ दुवै तर्फबाट कुनैपनि गोल हुन सकेन। दोश्रो हाफमा मेस्सीले आफ्नो लयलाई कायम राक्दै टिमलाई जित दिलाए। उनले खेलको ७१ औं मिनेट र ८९ औं मिनेटमा गोल गरेका थिए।

इस्पानोलका भिक्टर सान्चेजले मेस्सीबिरुद्द फल गरेपछि पाएको फ्रि-किकमा मेस्सीले देब्रे खुट्टाले दायाँ कर्नरमा प्रहार गर्दै टिमलाई अग्रता दिलाएका थिए।

दोस्रो गोलका लागि म्याल्कमले पास दिएका थिए। उक्त पासमा मेस्सीले बक्सको बीचबाट प्रहार गर्दै टिमको अग्रता दोब्बर बनाएका थिए। मेस्सीले जारि ला लिगा सिजनको अन्तिम १५ खेलमा २२ गोल गरेका छन्।

ला लिगा अन्तर्गत अंकतालिकाको दोश्रो स्थानमा रहेको एटलेटिको मड्रिडको समान २९ खेलबाट ५९ अंक छ भने तेस्रो स्थानको रियलको २८ खेलबाट ५४ अंक छ।

२०७५ चैत्र १७, आईतवार मा प्रकाशित

Loading...

Leave a Comment