फिफा वरियतामा नेपालको स्थान यथावत, बेल्जियम शीर्षस्थानमा

विश्व फुटबलको सर्बोच्च निकाय फिफाले सार्बजनिक गरेको पछिल्लो वरियता अनुसार नेपालको स्थान यथावत रहेको छ।

फिफाले ४ अप्रिलमा सार्बजनिक गरेको बरियतामा पुरुष फुटबल तर्फ नेपालको स्थान १६१ औं नम्बरमा रहेको छ। यसअघि फेब्रुअरी ७ तारिखमा सार्बजनिक गरिएको बरियतामा पनि नेपालको स्थान १६१ औं नम्बरमा रहेको थियो।

यस्तै एसियाली देशहरुमा नेपालको स्थान ३४ रहेको छ भने दक्षिण एसियाली देशहरुमा तेस्रो स्थानमा रहेको छ। नेपाल भन्दा अगाडी भारत १०१ औं स्थान र माल्दिभ्स १५१ औं स्थानमा छ।

विश्व वरियतामा बेल्जियम, फ्रान्स र ब्राजिल क्रमशः शीर्ष तिनमा यथावत रहेका छन्। यसअघि चौथो स्थानमा रहेका क्रोसिया र इंग्ल्याण्डले आफ्नो स्थान साटेका छन्।

 

२०७५ चैत्र २१, बिहीबार मा प्रकाशित