प्रो कबड्डीमा अक्सन मार्फत किनीए दुई नेपाली खेलाडी

काठमाडौं – भारतको चर्चित कबड्डी लिग प्रो कबड्डीमा दुई नेपाली खेलाडी किनिएका छन्। नेपाली रास्ट्रीय टिमको कप्तानी गरिसकेका सन्जय श्रेष्ठ र राष्ट्रिय टिमबाट खेलिसकेका लालमोहर यादवलाई बैंगलुरु बुल्सले किनेको छ।

सोमबार मुम्बईमा सम्पन्न खेलाडी किनबेच प्रक्रिया अन्तर्गत दुबै खेलाडीलाई अघिल्लो संस्करणको बिजेता टिम बुल्सले भारतीय १० लाख रुपैयाँमा किनेको छ।

सन्जय श्रेष्ठ

सन्जय श्रेष्ठले सन् २०१४ देखि सुरु भएको प्रतियोगिताको पहिलो, दोश्रो र तेस्रो संस्करण जयपुरबाट खेलेका थिए भने चौथो र पाचौं संस्कनरण बैंगलुरु बुल्स तथा छैठौं संस्करण पुनेरी पल्टनबाट खेलेका थिए। सन्जयलाई अघिल्लोसंस्करणमा पुनेरी पल्टनले ८ लाख भारुमा किनेको थियो।

त्यस्तै लाल मोहर यादवले सन् २०१८ को एसियन गेम्समा नेपालको प्रतिनिधित्व गरेका थिए। दुबै खेलाडीहरु त्रिभुवन आर्मी क्लबबाट खेल्ने गर्छन।

लाल मोहर यादव

 

२०७५ चैत्र २६, मंगलवार मा प्रकाशित