प्रिमियर लिग : चेल्सी तेस्रो स्थानमा उक्लियो, हाजार्डको दुई गोल

प्रिमियर लिग अन्तर्गत गएराती भंएको खेलमा चेल्सीले वेष्टहमलाई पराजित गरेको छ । एडेन हाजार्डले दुई गोल मद्दतमा चेल्सीले वेष्टहमलाई २-० ले पराजित गरेको हो ।

जितपछि लण्डन क्लब चेल्सी अंक तालिकाको तेस्रो स्थानमा उक्लेको छ।

चेल्सीका हाजार्डले दुवै हाफमा एक-एक गोल गरे । हाजार्डले २४औँ मिनेटमा पहिलो गोल गर्दै चेल्सीलाई अग्रता दिलाए। हाजार्डले खेलको अन्तिम मिनेटमा गोल गर्दै चेल्सीको जित पक्का गरे ।

जितपछि चेल्सीले ३३ खेलबाट ६६ अंक जोडेको छ । चेल्सी भन्दा एक खेल कम खेलेको टोटनहम ६४ अंकसहित चौथो र ६३ अंक रहेको आर्सनल पाँचौ स्थानमा छन्।

२०७५ चैत्र २६, मंगलवार मा प्रकाशित

Loading...

Leave a Comment