तेक्वान्दोमा आर्मी र पुलिसलाई स्वर्ण

भैरहवा, वैशाख ६ । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत शुक्रबार भैरहवामा भएको तेक्वान्दो खेलमा पहिलो दिन नेपाल आर्मी र पुलिस क्लबले एक एक स्वर्ण जितेका छन् ।

भैरहवा स्थित कभर्डहलमा पुरुष तर्फ ५८ केजितलको तौल समुहमा आर्मीका ज्ञानेन्द्र हमालले प्रदेश नम्बर १ का जिवन तामांगलाई हराउदै स्वर्ण जित्दा तामाङ रजतमै चित्त बुझाए । सोही तौल समुहमा प्रदेश ५का प्रेम बहादुर नेपाली र शशस्त्र प्रहरीबलको एपिएफ क्लबका उमेश राज भण्डारीले कास्य पदक जिते ।

त्यसै गरी महिला तर्फको ५३ केजि तलको तौल समुहमा पुलिस क्लबकी निमा गुरुंगले प्रदेश १ की सन्ध्या शाहीलाई हराउँदै स्वर्ण पदक जितिन । गुरुंगले रजत जित्दा गण्डकी प्रदेशकी पबित्रा वेलकुटी र नेपाल आर्मीकी काजल श्रेष्ठले कास्य पदक जिते ।

प्रतियोगितामा ७ वटै प्रदेश, ३ बिभागिय टिम र एनआरएनको समेत गरी ११ टिमका १११ पुरुष र १११ महिला गरी २२२ खेलाडी सहभागी छन् । स्पाईरींग तर्फ पूरुष ८ र महिला ८ तौल समुह र पुम्सेको एकल, जोडी र टिम गरी जम्मा १९ स्वर्ण, १९ रजत र ३८ काश्य पदकका लागी खेल हुने नेपाल तेक्वान्दो महासंघका सचिब तथा प्रतियोगिताका प्रमुख निर्णायक नबिन कुमार श्रेष्ठले बताए । शनिबार बिहान र बेलुका पुरुष र महीलाका २।२ गरी ४ तौल समुहबाट थप ४ स्वर्ण पदकका लागी खेल हुनेछ ।

२०७६ बैशाख ६, शुक्रबार मा प्रकाशित