भारत्तोलनमा कीर्तिमानको ओइरो

नेपालगन्ज, वैशाख ६ । आठौं राष्ट्रिय खेलकुद अन्तर्गत भारत्तोलन तर्फको स्पर्धामा पहिलो दिन नै ११ नयाँ राष्ट्रिय कीर्तिमान बनेका छन् ।

नेपागञ्ज स्थित कर्भडहलमा शनिबार विहान भएको महिलातर्फ विभागीय टोली त्रिभुवन आर्मीकी रिता गुरुङ र संगिता राईले ३/३ कीर्तिमान बनाउ“दा पुरुषतर्फ आर्मीका खेलाडीद्वय तुलराम महतो र राजु चौधरीले २/२ कीर्तिमान आफ्नो नाममा लेखाए । पहिलो दिन नै भारत्तोलनमा आर्मीले पहिलो दिन ३ स्वर्ण जित्न सफल भएको छ । यो सँगै आर्मीले शनिबार विहान सम्मको अवस्थामा १ सय ६ स्वर्ण पदक पु¥याएको छ ।

यस्तै रजत जितेका मुई लामाले पनि एक कीर्तिमान बनाए रिता गुरुङले महिला ४५ केजी तौल समूहमा स्न्याच, क्लिन एण्ड जर्क र टोटल सबैमा कीर्तिमान बनाएकी हुन् । रिताले स्न्याचमा ४५, कलिन एण्ड जर्कमा ५० र टोटल ९५ केजी भार बहन गर्दै नयाँ राष्ट्रिय कीर्तिमान बनाउन सफल भएकी हुन् ।

यस्तै ५९ केजी तौल समूहमा संगिता राईले स्न्याचमा ५८, क्लिन एण्ड जर्कमा ७५ र टोटलमा १३३ केजी भार बहन गर्दै स्वर्ण जितिन् । ५५ केजी तौल समूहमा तुलरामले सन्याचमा ८० केजी र टोटलमा १ सय ७५ केजी भार बहन गर्दै दुई कीर्तिमानसहित स्वर्ण जिते । क्लिन एण्डमा जर्कमा भने उनले ९५ केजी भार बहन गरे ।

यस्तै पुरुष ६१ केजी तौल समूहमा राजुले क्लिन एण्ड जर्कमा १ सय १० र टोटलमा २ सय केजी भार बहन गर्दै दुई कीर्तिमान बनाए । स्न्याचमा भने उनले ९० केजी भार बहन गरे । यसै स्पर्धामा रजत जितेका मुघ लामाले स्न्याचमा ९२ केजी भार बहन गर्दै कीर्तिमान बनाए।

२०७६ बैशाख ७, शनिबार मा प्रकाशित