आर्मीका रत्नलाई हराउँदै दीपेशद्वारा नयाँ कीर्तिमान

दाङ, बैशाख ७ । त्रिभुवन आर्मी क्लबका रत्नजित तामाङलाई हराउँदै एपिएफका दीपेश धामीले आठौं राष्ट्रिय खेलकुदमा नयाँ कीर्तिमान बनाएका छन् ।

नम्बर एक ब्याडमिन्टन खेलाडी रत्नजितकोराज लाई तोड्दै एपिएफका दिपेश धामी नयाँ राष्ट्रिय च्याम्पियन भएका छन् । आठौं राष्ट्रिय खेलकुद अन्तरगत भएको ४० औं राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा रत्नको एक छत्र राजलाई तोड्दै एपिएफका दिपेश धामीले नयाँ ईतिहास रचेका हुन् । दाङ्खको घोराहीस्थित कभर्डहलमा भएको उपाधी भिडन्तमा दिपेशले रत्नलाई २१–१६, २१–१४ को सोझो सेटमा पराजित गर्दै इतिहास रचेका हुन् ।

विगत ४ राष्ट्रिय प्रतियोगितामा जित निकाल्दै आफ्नो बर्चस्व बनाएका रत्नजित एपिएफका दीपेश धामी संग पराजित भएका हुन् । २०६९ सालमा काठमाण्डौमा भएको ३६ औं राष्ट्रिय प्रतियोगितामा तत्कालिन नंम्बर एक खेलाडी बिकास श्रेष्ठलाई पराजित गर्दै नंम्बर एक भएका रत्नले त्यस पश्चात फर्केर हेर्नु परेका थिएन । तर बेला बेला उनलाई दिपेश धामी र प्रिन्स दाहालले चुनौती दिंँदै आएका थिए ।

यसै प्रतियोगिता अन्तर्गत पनि पुरुष टिम ईभेन्ट्सको पुरुष एकलको सेमिफाईनलमा प्रिन्सले तथा फाईनलमा दिपेश धामीले उनलाई पराजित गर्दै नयाँ राष्ट्रिय च्याम्पियन बन्ने संकेत देखाएका थिए । दिपेशले यस अघि रत्नजित तामाङलाई अन्नपूर्ण कर्पोरेट ब्याडमिन्टन प्रतियोगितामा पनि पराजित गरिसकेका थिए ।

२०७६ बैशाख ७, शनिबार मा प्रकाशित

Loading...

Leave a Comment