दीपेश र रशिलाले तोडे तामाङ दिदी भाईको वर्चस्व

दाङ, वैशाख ७ । विभागीय टोलीका नम्बर एक जोडी रत्नजित तामाङ र नङ्शल देवी तामाङले पछिल्लो समय व्याडमिन्टनमा जमाएको एक छत्र राजलाई तोड्दै एपिएफका दीपेश धामी र रशिला महर्जनले नयाँ राष्ट्रिय कीर्तिमान बनाउन सफल भएका छन् ।

आठौं राष्ट्रिय खेलकुद अन्तरगत भएको ४० औं राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा रत्नको एक छत्र राजलाई तोड्दै एपिएफका दिपेश धामीले नयाँ ईतिहास रचेका हुन् ।

दाङको घोराहीस्थित कभर्डहलमा भएको उपाधी भिडन्तमा दिपेशले रत्नलाई २१–१६, २१–१४ को सोझो सेटमा पराजित गर्दै नयाँ इतिहाँस रच्न सफल भएका हुन् । विगत ४ राष्ट्रिय प्रतियोगितामा जित निकाल्दै आफ्नो बर्चस्व बनाएका रत्नजित एपिएफका दीपेश धामी संग पराजित भएका हुन् । २०६९ सालमा काठमाण्डौमा भएको ३६ औं राष्ट्रिय प्रतियोगितामा तत्कालिन नंम्बर एक खेलाडी बिकास श्रेष्ठलाई पराजित गर्दै नंम्बर एक भएका रत्नले त्यस पश्चात फर्केर हेर्नु परेका थिएन । तर बेला बेला उनलाई दिपेश धामी र प्रिन्स दाहालले चुनौती दिंदै आएका थिए ।

आठौं अन्तर्गत पुरुष टिम ईभेन्ट्सको पुरुष एकलको सेमिफाईनलमा प्रिन्सले तथा फाईनलमा दिपेश धामीले उनलाई पराजित गर्दै नयाँ राष्ट्रिय च्याम्पियन जन्मने सुचित गरिसेका थिए । दिपेशले यस अघि रत्नजितलाई अन्नपूर्ण कर्पोरेट ब्याडमिन्टन प्रतियोगितामा पनि पराजित गरिसकेका थिए ।

यसैगरि नयाँ ईतिहास रच्ने क्रममा सेनाकी रशिला महर्जनले नङ्शललाई १९–२१, २१–१४, २४–२२ ले पराजित गर्दै आफूलाई राष्ट्रिय च्याम्पियनको रुपमा नाम दर्ता गर्न सफल भईन् । १४ बर्षमा दौडी रहेकी उनले हालै मात्र सम्पन्न कृष्ण मोहन स्मृती राष्ट्रिय ब्याडमिन्टनमा पनि उपाधि हात पारेकी थिईन् । कक्षा र ४ पढ्दै गर्दा ब्याडमिन्टनको ¥याकेट समातेकी उनी कक्षा ९ मा अध्ययनरत छिन् ।

२०७६ बैशाख ७, शनिबार मा प्रकाशित

Loading...

Leave a Comment