मन्डेकाजीलाई कातामा स्वर्ण

तुल्सीपुर, वैशाख ७ । विभागीय टोली नेपाल पुलिस क्लबका मन्डेकाजी श्रेष्ठले कराते पुरुष कातामा आठौं राष्ट्रिय खेलकुदअन्तर्गत शनिबार स्वर्ण पदक हात पारेका छन् ।

तुल्सीपुरस्थित कराते हलमा शनिबार भएको पुरुष एकल कातामा चिरपरिचित प्रतिद्वन्द्वी त्रिभुवन आर्मीका पर्शुराम बास्तोला र सुदूरपश्चिम प्रदेशका ललित खत्रीलाई हराउँदै आर्मीलाई स्वर्ण पदक दिलाउन सफल भएका हुन् । सोही स्पर्धामा सुदूरका ललितले रजत पदकमा चित्त बुझाउँदा एपिएफका अनिल चौधरीलाई काँस्य पदक हात लाग्यो ।

पुलिसकै चञ्चला दनुवारले पनि महिला कातामा स्वर्ण जितिन् । चञ्चलाले एनआरएनएकी सुभद्रा श्रेष्ठलाई स्तब्ध बनाइन् । सोही विधामा एपीएफकी प्रतीक्षा पाख्रिन र आर्मीकी संगीता मगरले संयुक्त रूपमा कांस्य पदक जिते ।

यसैगरी पुरुष टिम कातामा आर्मीले स्वर्ण जित्दा महिलामा भने पुलिस भाग्यमानी ठहरियो । पुरुष कातामा पुलिसले रजत पदक जित्यो भने सुदूरपश्चिम र कर्णाली प्रदेशले कांस्यमा चित्त बुझाए । महिला टिम कातामा आर्मीले रजत जित्यो । यसैगरी प्रदेश १ र गण्डकी प्रदेशले कांस्य जिते ।

२०७६ बैशाख ७, शनिबार मा प्रकाशित

Loading...

Leave a Comment