सरस्वती र आषिशलाई दोस्रो स्वर्ण

दाङ, वैशाख ७ । चैधरीद्वय सरस्वती र आशिषले दाङमा जारी आठौं राष्ट्रिय खेलकुद अन्तर्गत एथ्लेटिक्समा शनिबार स्वर्ण पदक जितेका छन् ।

दाङको बेलझुन्डी रंगशालामा शनिबार भएको २ सय मिटर दौडमा स्वर्ण जित्दै आर्मीका सरस्वतीले महिला र पुरुषतर्पm एपिएफका आशिषले ट्रयाक प्रतिस्पर्धा दोस्रो सफलता दिलाएका हुन् । यसअघिका भएको सय मिटर दौडमा पनि यी दुवैले स्वर्ण जितेका थिए । महिलातर्फको २ सय मिटरमा सरस्वतीले २६.२६ सेकेन्डमा दौड पूरा गरिन् । प्रदेश–५ की जयरानी चौधरीले २६ः३६ सेकेन्डमा उक्त दूरी पार गर्दै रजत पदकमा चित्त बुझाइन् ।

आर्मीकै कृष्णा चौधरीले निर्धारित दूरी २६.६५ मा पूरा गर्दै कांस्य पदक जित्दा सोही दूरीको पुरुषतर्पm स्वर्ण जितेका आशिष २१.८३ सकेन्ड समय लगाए । आर्मीका अभिशेक चौधरीले २२.४६ सेकेन्डका साथ रजत जित्दा गण्डकी प्रदेशका प्रकाश रानामगरले २२.५१ सेकेन्ड समयमा कांस्य पदक जित्न सफल भए ।

हाइजम्पतर्पm पुरुषमा आर्मीका सूर्यबहादुर खत्री र महिलामा एपिएफकी शीला चौधरीले स्वर्ण पदक जित्न सफल भए । सूर्यबहादुर १.८५ मिटर उचाई उफ्रिँदा रजत पदक विजेता नेपाल पुलिसका गोपाल चौधरी १.७५ मिटर उचाइसम्म सफल भए । प्रदेश–३ का विकास खाँड ठकुरी १.७० मिटर उचाई उफ्रिँदा कांस्य पदक जिते ।

महिलामा स्वर्ण विजेता शीला १.५० मिटर उचाई माथि उफ्रिन सफल भइन् । आर्मीकी खगिता सिञ्जाली १.४८ मिटर उचाईमा रजत पदक जित्न सफल भइन् । समान १.३५ मिटर उचाई उफ्रिएका प्रदेश–१ की विन्दु चौधरी र प्रदेश–५ की अनिता चौधरी संयुक्त रूपमा कांस्य पदक जित्न सफल भए ।

२०७६ बैशाख ७, शनिबार मा प्रकाशित

Loading...

Leave a Comment