टोटेनह्यामविरुद्ध सिटीको संघर्षपूर्ण जित, सिटी शीर्ष स्थानमा

एजेन्सी, बैशाख ७ । च्याम्पियन्स लिगको क्वार्टर फाइनलमा टोटेनह्यामसँग पराजित भएको बदला लिँदै शनिबर म्यानचेस्टर सिटी इङ्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ ।

म्यानचेस्टर सिटीको घरेलु मैदानमा भएको खेलमा टोटेनह्यामलाई १–० ले हराउँदै लिभरपुलाई पछि पारेको हो । सिटीलाई जित दिलाउन फिलिप फोडेको गोल निर्णायक बन्यो । च्याम्पियन्स लिगको हारको बदला लिने उद्देश्यका साथ मैदान उत्रिएको सिटीले पहिलो हाफको पाँचौ मिनेटमा अग्रता लिएको थियो ।

उपाधि होड रोमाञ्चक बनिरहेको बेलमा सिटीले संघर्षपूर्ण जित निकाल्दै उपाधि यात्रालाई मजबुत गरेको हो । घरेलु मैदानमा एक तर्फी खेल प्रस्तुत गरे पनि सिटीले राम्रो अवसरलाई सदुपयोग गर्न सकेन ।

पहिलो हाफमा पछि परेको टोटेनह्यामले पनि दोस्रो हाफमा गोल फर्काउन निकै प्रयास गरे पनि सफल हुन सकेन । सिटीले दोस्रो हाफमा दुई सुन्दर मौका बुने पनि सदुपयोग गर्न सकेन ।

लिग सकिन चार खेल बाँकी रहँदा दोस्रो स्थानको लिभरपुलभन्दा एक अंकले पछि रहेको साविकको विजेता म्याचेस्टर सिटीको ३४ खेलबाट ८६ अंक भएको छ । उता समान खेल खेलेको लिभरपुल भने ८५ अंकका साथ दोस्रो स्थानमा अटायो । पराजित टोटेनह्याम ३६ खेलका साथ ६७ अंकका साथ तालिकाको तेस्रो स्थानमा छ ।

२०७६ बैशाख ७, शनिबार मा प्रकाशित

Loading...

Leave a Comment