सेपकताक्रोको रेगुमा आर्मीलाई दुई स्वर्ण

बर्दिया, बैशाख ७ । आठौंअन्तर्गत पाँचौं राष्ट्रिय सेपाकताक्रोको रेगुमा आर्मीले दुई स्वर्ण जितेको छ । आर्मी पुरुष र महिला दुवैमा पहिलो भयो ।

बर्दियाको गुलरियामा भएको पुरुष फाइनलमा आर्मीले गण्डकीलाई २३–२५, २१–४ र २१–१६ ले पराजित ग¥यो । रोशन तामाङ, सूर्यकुमार चौधरी, अनिल जर्घा मगर, दिपेशजंग थापा र उमेश महतोले प्रतिस्पर्धा गरेका थिए । प्रदेश ३ ले सुदूरलाई २–० ले हराउँदै तेश्रो भयो ।
महिलाको फाइनलमा आर्मीले प्रदेश ३ लाई २१–१५ र २१–१० ले पाखा लगायो । आर्मीको टिममा चन्द्रा चौधरी, सोममाया थापा मगर, सुमित्रा डंगोल, इनु चौधरी र रुथ श्रेष्ठ छन् । गण्डकीले सुदूरलाई २–० ले पन्छ्याउदै तेश्रो भयो ।

२०७६ बैशाख ७, शनिबार मा प्रकाशित