राष्ट्रिय खेलाडीले भरिएको एपिएफविरुद्ध आर्मीको सहज जित

कपिलवस्तु, बैशाख ७ । आठौ राष्ट्रिय महिला फुटबलअन्तर्गत कपिलवस्तुको बुद्ध रंगशालामा शनिबार संपन्न खेलमा त्रिभुवन आर्मी र प्रदेश नम्बर १ बिजयी भएका छन ।

विभागीय भिडन्तमा आर्मीले एपीएफलाई ३–० ले पराजित गरेको हो भने प्रदेश नम्बर १ ले कर्णाली प्रदेशलाई २–० ले स्तब्ध बनाएको हो । आफनो विजयी यात्रालाई निरन्तरता दिन आर्मीलो दोस्रो हाफमा गोल गर्दै अपराजित यात्रालाई जारी राखेको हो ।

जारी प्रतियोगिताका केही खेलमा फराकिलो जित निकाल्दै चर्चा पाएको एपिएफको यो पहिलो हार हो । पहिलो हाफमा बराबरी खेलको आर्मीले ५० औं मिनेटमा सुरुआती गोल गरेको हो । आर्मीकी इन्दिरा राईले पहिलो गोल गर्दा ६४ औं मिनेटमा शर्मिला थापाले दोस्रो गोल तथा ६९ औं मिनेटमा कृष्णा खत्रीले तेस्रो गोल गरेर आर्मीको जितलाई सुनिश्चत गरेकी थिइन् ।

यस्तै प्रदेश नम्बर १ ले पहिलो जित कर्णालीविरुद्ध निकाल्दा पहिलो गोल उपहार पाएको थियो । प्रदेश १ ले ५७ औं मिनेट उपहार गोल पाएको थियो । ६४ औं मिनेटमा सावित्रा मगरले दोस्रो गोल गर्दै अग्रता २–० मा पु¥याइन् । हारसँगै कर्णली अंक विहिन हुँदै अंकतालिकाको पुछारमा छ भने प्रदेश १ ले ३ अंक जोडेको छ ।

२०७६ बैशाख ७, शनिबार मा प्रकाशित