पन्जाबविरुद्ध सन्दीप पेलेइङ एलाभेनमा

एजेन्सी, बैशाख ७ । किङ्स इलाभेन पञ्जाबबिरुद्धको खेलमा नेपाली युवा लेग स्पिनर सन्दीप लामिछाने पेलेइङ एघारमा अटाएका छन् ।
भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा अहिले दिल्ली क्यापिटल्स र किङ्स इलाभेन पन्जाबबीच प्रतिस्पर्धा हुँदैछ ।

दिल्लीस्थित फिरोज साह कोट्ला क्रिकेट मैदानमा पन्जाबविरुद्ध दिल्लीले टस जितेर पहिले बलिङ रोजेको छ ।

पन्जाबविरुद्ध दिल्लीले नेपाली लेग स्पिनर सन्दीपलाई प्लेईङ सेटमा राखेको छ । सन्दीप पछिल्लो ३ खेलमा दिल्लीको प्लेईङ सेटमा परेका थिएनन् । सन्दीपले यस सिजन ४ खेलमा ५ विकेट हात पारेका छन ।

सन्दीपको टिम दिल्ली छैटौं जितको खोजीमा रहेको छ । दिल्लीले ९ खेलमा ५ जित निकालेको छ । १० अंक जोडेको दिल्ली दोस्रो स्थानमा रहेको छ । पन्जाब पनि छैटौं जितको खोजीमा हुनेछ । चौंथो स्थानको पन्जाबले ९ खेलबाट १० अंक नै जोडेको छ ।

यस अघि भएको दिनको पहिलो खेलमा सन राजस्थान रोयल्सले मुम्बइ इन्डियन्समाथि ५ विकेट जित निकाल्न सफल भयो ।

२०७६ बैशाख ७, शनिबार मा प्रकाशित

Loading...

Leave a Comment