जोर्डी अल्बाको गोलसँगै बार्सिलोनालाई ९ अंकको अग्रता

एजेन्सी, वैशाख ७ । साविकको विजेता बार्सिलोनाले शनिबार राति रियाल सोसिडाडलाई २–१ ले हराउँदै उपाधि यात्रालाई मजबुत बनाएको छ ।

बार्सिलोनाको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनालाई जित दिलाउन क्लमेन्ट लेङलेटले पहिलो हाफमा र जोर्डी अल्बाले दोस्रो हाफमा गोल गर्दै उपाधि यात्रालाई मजबुत बनाएका हुन् ।

 

सुरुआतबाट नै दबाबमा राखेको घरेलु टोलीका लागि ४५ औं मिनेटमा लेङलेटले बार्सिलोनाका लागि सुरुआती अग्रता दिलाएका थिए । पहिलो हाफमा लिएको अग्रता पछि उच्च मनोबलमा रहेको बार्सिलोना दोस्रो हाफमा पनि उत्कृष्ट प्रदर्शन जारी राख्यो । ६२ औं मिनेटमा सोसिडाका लागि जुआनमीलले गोल गर्दै खेल बराबरीमा ल्याए । तर त्यसको दुई मिनेट पछि जोर्डी अल्बाले दोस्रो गोल गर्दै खेलमा पुनः अग्रता दिलाए । बाँकी समयमा दुबै टोलीले राम्रा अवसर सिर्जना गर्दै गोल गर्ने प्रयास गरे पनि सफल हुन सकेनन् र बार्सिलोना उपाधि नजिक पुगेको हो ।

शनिबारको जितसँगै बार्सिलोनाले लिग तालिकामा दोस्रो स्थानको एथ्लेटिकको मड्रिडसँगको अंक दुरी ९ पु¥याएको छ । लिगमा ५ खेल बाँकी रहँदा बार्सिलोनाको ७७ अंक भने समान खेल बाँकी रहेको एथ्लेटिकको ६८ अंक रहेको छ ।

यस्तै ला लिगा अन्तर्गत शनिबारै राति भएका अन्य खेलमा डिपोर्टिभो अल्भेज र रियाल भालाडोलिडोले २–२ तथा रायो भालेकानो र एसडी हुयस्काले गोल रहित बराबरी खेल्दै अंक बाँड्दा सेल्टा भिगोले जिरोनालाई २–१ तथा दोस्रो स्थानको एथ्लेटिको मड्रिडले एइबरलाई १–० ले पराजित गरे ।

२०७६ बैशाख ८, आईतवार मा प्रकाशित

Loading...

Leave a Comment