युभेन्टसलाई आठौं पल्ट इटालियन सिरि ‘ए’ उपाधि, रोनाल्डोको कीर्तिमान

एजेन्सी, वैशाख ७ । एजेन्सी । युभेन्ट्सले लगातार आठौं पटक इटालियन सिरी ‘ए’ फुटबलको उपाधि जितेको छ । शनिबार भएको खेलमा पछि परेको युभेन्ट्सले अग्रता उल्टाउँदै अंकका आधारमा उपाधि पक्का गरेको हो । खेलमा फियोरेन्टिनाले छैठौं मिनेटमा लिएको अग्रतालाई उल्टाउँदै उपाधि पक्का गरेका हुन् ।

युभेन्ट्सको जितमा एलेक्स सान्ड्रोले एक गोल गरे भने विजयी गोल उपहार पाएको थियो । फियोरेन्टिनाका निकोला मिलेनकोभिकले गोल गर्दा जर्मन पिजेल्लाले आत्मघाती गोल गरे । यस अघि खेलमा सुरुवाती अग्रता भने फियोरेन्टिनाले बनाएको थियो । मिलेनकोभिकले खेलको छैटौं मिनेटमा गोल गर्दै फियोरेन्टिनालाई अग्रता दिलाएका थिए ।

खेलको ३७ औं मिनेटमा सान्ड्रोले गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काएका थिए । त्यसपछि खेलको ८३ औं मिनेटमा जर्मनले आत्मघाती गोल गर्दा युभेन्ट्सले २–१ को जित निकाल्यो ।

यो सँगै युभेन्ट्सले लगातार आठ सिजन सिरी ‘ए’ को उपाधि जितेर कीर्तिमान बनाएको छ । लिगको पाँच खेल बाँकी रहँदै उपाधि जित्ने क्रममा युभेन्ट्सले ३३ खेलबाट ८७ अंक बनाउन सफल भएको हो । लिगमा नेपोली २० अंकले पछि छ ।

रोनाल्डोको कीर्तिमान

युरोपियन क्लबका तीन प्रतिस्ठित प्रतियोगिताको उपाधि दिलाउन सफल पोर्चुगलका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले युरोपियन क्लब फुटबलमा नयाँ इतिहास पनि रचेका छन् ।

स्पेनिस क्लब रियाल मड्रिडबाट यसै सिजन इटालियन क्लब युभेन्ट्समा पुगेका रोनाल्डोले युरोपका मुख्य शीर्ष ३ लिगको उपाधि जितेर नयाँ इतिहास रचेका हुन् ।

युभेन्ट्सबाट इटालियन सिरी ‘ए’ को उपाधि उचाल्दै रोनाल्डो तीन च्याम्पियन्स लिग, ला लिगा र सिरी ‘ए’ को उपाधि जित्ने एक्लो खेलाडी बन्दै कीर्तिमान बनाएका हुन् ।

उनको उपस्थितिमा स्पेनिस क्लब रियाल मड्रिडले च्याम्पियन्स लिगको उपाधि जित्दा म्यानचेस्टर युनाईटेडबाट इङ्लिस प्रिमियर लिगको उपाधि र जारी सिजनको इटालियज सिरि ए जित्दा कीर्तिमान बनेको हो ।

रोनाल्डो बाहेक अहिलेसम्म अन्य कुनै पनि खेलाडीले इङ्ल्यान्ड , स्पेन र इटालीको लिगको उपाधि जित्न सकेका छैनन ।

२०७६ बैशाख ८, आईतवार मा प्रकाशित

Loading...

Leave a Comment