म्याराथनमा कृष्ण र राजपुरा च्याम्पियन

दाङ, वैशाख ९ । विभगीय टोली त्रिभुवन आर्मीका कृष्ण बस्नेत र नेपाल पुलिस क्लबकी राजपुरा पछाईले आठौं राष्ट्रिय खेलकुदअन्तर्गत एथ्लेटिक्सको म्याराथनमा स्वर्ण जितेका छन् ।

बेलझुन्डी रंगशालामा सोमबार भएको अन्तिम दिन ४२ किलोमिटर दूरी आर्मीका कृष्णले २ घन्टा १७ मिनेट ३३ सेकेन्डमा र राजपुराले २ घन्टा ५९ मिनेट ३८ सेकेन्डमा पूरा गर्दै स्वर्ण जित्दा कर्णाली प्रदेशका दुर्गा बुढाले २ घन्टा १८ मिनेट ३९ सेकेन्डमा दुरी पूरा गर्दै रजत पदका चित्त बुझाए । म्याराथनमै एपिएफका किरणसिंह बोगटीले कांस्य पदक जित्न २ घन्टा २२ मिनेट ३३ सेकेन्डमा दौड पूरा गरे । महिला तर्फको सोही स्पधामा पुष्पा भण्डारीले निर्धातिर दुरी ३ घन्टा ५९ सेकेन्ड समय लगाउँदै रजत पदक हात पारिन् । त्रिभुवन आर्मीकी सरिता बासीले ३ घन्टा ८ मिनेट ३ सेकेन्ड लगाउँदै रजत पदक हात परिन् ।

यता, पुरुषको ४०० मिटर हर्डल्समा एपिएफका नीरप्रताप महतोले ५५.६० सेकेन्ड समय लगाउँदा स्वर्ण आफ्नो बनाउन सफल भए । यससँगै नीरप्रतापले एथ्लेटिक्समा दुई व्यक्तिगत र एक टिम गरी कुल तीन स्वर्ण आफ्नो बनाए । सोही विधामा आर्मीका जीवन चौधरी ५६.५९ सेकेन्ड समयमा रजत र आर्मीकै अशोक कुँवर ५७.४४ सेकेन्डमा कांस्य पदक जित्न सफल भए ।

महिलाकै ४०० मिटर हर्डल्समा आर्मीकी तुलसा श्रेष्ठले स्वर्ण जित्दा आफ्नै विभागकी तुलसा खत्रीलाई पछि पारिन् । श्रेष्ठले १ मिनेट ९.७९ सेकेन्ड र खत्रीले १ मिनेट ११.१३ सेकेन्डमा उक्त दूरी पूरा गरे । पुरुषको ८ हजार मिटरमा आर्मीका उमेश मस्र्याङ्दी मगरले् स्वर्ण जित्न १ मिनेट ५७.५८ सेकेन्ड समय लगाए । आर्मीकै टंक कार्की रजत पदकमा सीमित हुँदा १ मिनेट ५८.५ सेकेन्ड र प्रदेश–३ का सुवास थापाले कांस्य जित्न १ मिनेट ५८.५३ सेकेन्डमा दूुरी पूरा गरे ।

सोही दूरीको महिलातर्पm भने आर्मीकी सरस्वती भट्टराईले २ मिनेट १६ मिनेट सेकेन्ड समयमा दौड पूरा गर्दा स्वर्ण पदक आफ्नो बनाए । आर्मीकै सानुमाया कार्कीले २ मिनेटमा १७.९४ सेकेन्डमा रजत पदक जितिन् । एपिएफकी फुलमति रानाले कांस्य पदक जित्न २ मिनेट १८.३८ सेकेन्डमा दौड पूरा गरिन् ।

त्यसैगरी ४ गुणा १०० मिटर रिलेमा आर्मीको टोलीले स्वर्ण पदक जित्दा ५०.५० सेकेन्डमा दूरी पूरा ग¥यो । प्रदेश–५ ले ५१.६६ सेकेन्डमा रजत र एपिएफले ५३.१२ सेकेन्डमा कांस्य पदक जित्न सफल भयो । सोही विधाको पुरुषतर्पm आर्मीले बाजी मार्दा ४३.१९ सेकेन्डमा दूरी पूरा ग¥यो । एपिएफले ४३.४० सेकेन्डमा रजत र पुलिसले ४४.५५ सेकेन्डमा कांस्य पदक प्राप्त ग¥यो ।

एथ्लेटिक्समा पनि आर्मीको वर्चस्व

आठौं राष्ट्रिय खेलकुदअन्तर्गत एथ्लेटिक्समा पनि आर्मी हाबी हुँदा पुरुषमा १० र महिलामा ११ स्वर्ण गरी कुल २१ स्वर्णसहित टिम च्याम्पियन बन्यो । आर्मीले पुरुष र महिला दुवैमा समान ६ रजत र ४ कांस्य जित्न सफल भयो । दोस्रो भएको एपिएफले पुरुषमा ६ स्वर्ण, ३ रजत र ३ कांस्य तथा महिलामा २ स्वर्ण, ३ रजत र ६ कांस्य जित्न सफल भयो ।

नेपाल पुलिसले महिलामा ३ स्वर्ण, एक रजत र एक कांस्य जित्दा पुरुषमा ४ रजत र ३ कांस्य पदकमै सीमित भयो । प्रदेश–३ ले दुई स्वर्ण, प्रदेश–५ र कर्णाली प्रदेशले समान एक–एक स्वण जित्यो ।

२०७६ बैशाख ९, सोमबार मा प्रकाशित