प्याराग्लाइडिङ : आर्मीलाई ४ र गण्डकीलाई २ स्वर्ण

पोखरा, वैशाख ९ । प्याराग्लाइडिङमा विभागीय टोली त्रिभुवन आर्मीले स्वर्ण पदकमा बर्चस्व राख्दा नेपाली सेनाले स्वर्ण पदकमा वर्चस्व कायम राख्दा गण्डकी प्रदेशले २ स्वर्ण जित्न सफल भएको छ ।

पोखरमा भएको खेलमा आर्मीले पुरुषतर्फ ३ र महिलातर्फ एक स्वर्ण पायो । गण्डकी प्रदेशले महिला र पुरुषमा एक–एक स्वर्ण हात पारेको छ । नेपाल प्याराग्लाडिङ तथा ह्याङग्लाइडिङ एशोशिएसनका महासचिव शैलेन्द्र रावतका अनुसार प्रतियोगितामा सेनाले सर्वाधिक बढी पदक ४ स्वर्ण र ४ रजत हात पारेको छ । गण्डकीले २ स्वर्ण, १ रजत र ४ काँस्य हात पारेको छ । प्रदेश १ ले १–१ वटा रजत र काँश्य हात पारेको छ । प्रदेश ३ ले १ मात्र काँश्य हात पारेको छ ।

आर्मीले पुरुषतर्फ टिम एक्युरेसी, इन्डिभिजुअल एक्युरेसी, इन्डिभिजुअल क्रसकन्ट्री र महिलाको इन्डिभिजुअल एक्युरेसीमा स्वर्णपदक जितेको छ । गण्डकीले टिम क्रसकन्ट्री र महिलातर्फ इन्डिभिजुअल क्रसकन्ट्रीमा मात्र स्वर्ण जितेको छ ।

राष्ट्रिय खेलकुदको यो प्रतियोगितामा भाग लिने खेलाडीले पोखराको सराङकोटबाट उडेर फेवाताल किनारको खपौदीमा अवतरण गरेका थिए । प्रतियोगितामा प्रदेश १, ३ गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशले सहभागिता जनाएका थिए । विभागीय टिम आर्मीले पनि पहिलोपटक सहभागिता जनाएको थियो ।

प्रतियोगितामा पुरुषतर्फ टिम क्रसकन्ट्री र टिम एक्यूरेसी तथा इन्डिभिजुअल क्रसकन्ट्री र इन्डिभिजुअल एक्युरेसी र महिलातर्फ इन्डिभिजुअल क्रसकन्ट्री र इन्डिभिजुअल एक्युरेसीमा मात्र प्रतिश्पर्धा भएको रावतले बताए । सबैगरि ५१ जना पुरुष र १० महिला गरि ६१ जनाले भाग लिएको उनले बताए ।

२०७६ बैशाख ९, सोमबार मा प्रकाशित

Loading...

Leave a Comment