बराबरीसँगै चेल्सी शीर्ष चारमा फर्कियो

एजेन्सी, बैशाख १० (खेल नेपाल)– च्याम्पियन्स लिगलाई स्थान सुरक्षित गर्न संघर्षरत चेल्सी सोमबार राती इङ्लिस प्रिमियर लिगमा बन्र्लीसँग बराबरीमा रोकिएको छ ।

चेल्सीको घरेलु मैदान स्टाम्फोर्ड ब्रिजमा भएको खेलमा भ्रमणकारी टोली बन्र्लीसँग २–२ गोलको बराबरीमा खेल्दै अंक बाँडेको हो । पाहुना टोलीका ८औं मिनेटमा जेफ हेन्ड्रिकले गोल गर्दै सुरुआती अग्रता दिलएका थिए ।

त्यसपछि आक्रामक देखिएको चेल्सीले १२औं मिनेटमा चेल्सीका एन्गोलो कान्टेले इडिने हाजार्डको पासमा १२औं मिनेटमा गोल गर्दै भ्रमणकारी टोलीको अग्रता बराबरी ल्याए । त्यसको दुई मिनेट पछि गोन्जालो ह्युगेनले घरेलु टोलीका लागि गोल गर्दै अग्रता उल्टाए । पछि परेसँगै आक्रामक देखिएको बन्र्लीका लागि आश्ले बानेएसले २४ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए । बाँकी समयमा दुबै टोलीले गोलका लागि राम्रा अवसर पाए पनि सदुपयोग गर्न सकेनन् ।

यो सातामा टोटेनह्याम, आर्सनल र म्यान्चेस्टर युनाइटेडले पराजय भोग्दा चेल्सीले बराबरी नतिजा निकाल्दा शीर्ष चार भित्र अटाउनका लागि फाइदा पुगेको छ । बराबरी नतिजा सँगै एक खेल बढी खेलेको चेल्सी लिग तालिकाको चौथो स्थानमा उक्लिएको छ । लिगमा तीन खेल बाँकी रहँदा चेल्सीको ६७ अंक भएको छ ।

तालिकामा समान ३५ खेल खेलेको लिभरपुल ८८ अंककासाथ तालिकाको शीर्ष स्थानमा अटाउँदा एक खेल कम खेलेको म्यानचेस्टर सिटी दुई अंकले पछि छ । यस्तै ३४ खेल खेलेको टोटेनह्याम ६७ अंकका साथ तालिकाको तेस्रो स्थानमा रहँदा आर्सनल ६६ अंकका साथ पाँचौ र म्यानचेस्टर युनाइटेड ६४ अंकका साथ छैठौं स्थानमा छ ।

२०७६ बैशाख १०, मंगलवार मा प्रकाशित

Loading...

Leave a Comment