आयोजक प्रदेश ५ लाई हराउँदै आर्मी उपाधि नजिक

बाँके, बैशाख १० (खेल नेपाल)– पेनाल्टी सुटआउटमा प्रदेश ५ लाई पराजित गर्दै विभागीय टोली त्रिभुवन आर्मी क्लब आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत पुरुष फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

नेपालगञ्ज रंगशालामा मंगलबार भएको पहिलो सेमिफाइनलमा आर्मीले प्रदेश ५ लाई पेनाल्टी सुटआउटमा ३–१ गोल अन्तरले पराजित गर्दै उपाधि नजिक पुगेको हो । निर्धारित ९० मिनेटको समय २–२ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको थियो । जसमा आर्मीले आयोजक प्रदेश ५ लाई स्तब्ध पार्दै अन्तिम दुईमा स्थान सुरक्षित गर्न सफल भयो ।

पेनाल्टी सुट आउटमा आर्मीका स्ट्राइकर नवयुग श्रेष्ठ, विवेक बस्नेत र सन्तोष तामाङले गोल गरे भने जितेन्द्र कार्की र दिपक गुरुङले गोल गर्न सकेनन । प्रदेश ५ का कृष्ण रानाभाटले गोल गर्दा दिपेन सिंह ठकुरी, चेतन चौधरी र विवेक पुनले गोल गर्न सकेनन र आर्मीले जित दर्ता गर्न सफल भयो।

यस अघि आर्मीले लिएको सुरुआती अग्रता जोगाउन नसक्दा खेल पेनाल्टी तर्फ लम्किएको थियो । आर्मीले खेलको २० औं मिनेटमा दिपेन सिंह ठकुरीको आत्मघाती गोलबाट अग्रता बनाएको थियो । खेलको ३१ औं मिनेटमा दिप कुमार लामाले गोल गर्दै आर्मीको अग्रता २–० को बनाएका थिए ।

तर, खेलको ७५ औं मिनेटमा प्रदेश ५ का विनोद केसीले पेनाल्टीमा गोल गर्दै खेलमा फर्कने संकेत देखाए । खेल सकिन १० मिनेट बाँकी रहद्या विनोदले नै पेनाल्टी अवसरलाई सदुपयोग गर्दै खेल बराबरीको अवस्थामा ल्याउ ।

अब आर्मीले स्वर्ण पदकका लागि नेपाल पुलिस क्लब र एपीएफ क्लबबीचको विजेतासँग खेल्नेछ ।

२०७६ बैशाख १०, मंगलवार मा प्रकाशित

Loading...

Leave a Comment