तेस्रो पाथिभरा राष्ट्रिय पुरुष भलिबल बैशाख चौथो साता

काठमाडौं, बैशाख १० । तेस्रो पाथिभरा राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताका बैशाख २२ देखी २६ गते सम्म हुने भएको छ । जलजले क्लब साघु तथा मैवाखोल क्लब ढुङ्गे र न्यु पाथिभरा क्लब फाकुम्बाले मंगलबार संयुक्त पत्रकार सम्मेलन गरेर तेस्रो संस्करणको प्रतियोगिता बैशाख २२ गते देखी २६ गते सम्म आयोजना हुन लागेको जनाएको हो ।

प्रतियोगितामा तीन विभागीय टोली सहित सात प्रदेश र एक विश्वविद्यालयको टोलीको सहभागिता रहने प्रतियोगिताका संयोजक दिवस चोङवाङ्गले जानकारी दिए ।

पाँच दिन सम्म सञ्चालन हुने प्रतियोगिता लिग कम नक आउट प्रणालीमा सञ्चालन हुनेछ । खेलकुदको माध्यमबाट पर्यटन प्रवद्धन गर्नेका साथै नेपालको राष्ट्रिय खेल भलिबललाई प्रवद्र्धन गर्ने लक्ष्य र उद्धेश्यका साथ आयोजना गर्न लागेको प्रतियोगिताको विजेताले ३ लाख ५१ हजार ५ सय ५ रुपैयाँ प्राप्त गर्नेछ । यस्तै प्रतियोगिताको उपविजेताले १ लाख ७६ हजार २ सय ५१ रुपैयाँ हात पार्दा सेमिफाइनलमा स्थान बनाउने टोलीले नगद ५० हजार रुपैयाँ हात पार्ने आयोजकले जानकारी दियो ।

यस्तै प्रतियोगिताका विधागत उत्कृष्ट खेलाडी पनि नगद सहित पुरस्कृत हुनेछन् । उत्कृष्ट सर्भर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट ब्लकर, उत्कृष्ट सेटर, उत्कृष्ट कुईकर, उत्कृष्ट ओपन स्पाइकर र उत्कृष्ट प्रशिक्षकले जनही ७ हजार रुपैयाँ हात पार्नेछ । साथै प्रतियोगिताको सर्बोत्कृष्ट खेलाडीले १५ हजार नगद पुरस्कार पाउनेछ । सो प्रतियोगिताको प्रायोजन नेपाल भलिबल संघका अध्यक्षले प्रायोजन गर्नेछन् । प्रत्येक खेलको म्यान अफ दि म्याचले पनि नगद २ हजार रुपैयाँ हात पार्नेछन् ।

प्रतियोगितामा सहभागि जनाउने खेलाडीलाई आयोजकले स्थानीय होटल र होम स्टेमा व्वस्था गर्ने आयोजकले जानकारी दियो । कार्यक्रममा नेपाल भलिबलसंघका अध्यक्ष मनेरञ्जन रमण शर्माले प्रतियोगिता सफलताको शुभकामना दिए ।

२०७६ बैशाख १०, मंगलवार मा प्रकाशित

Loading...

Leave a Comment