गौरिका एक्लैले जितिन ८ स्वर्ण, मंगलबारपनि कीर्तिमान कायम

नेपालगञ्ज, वैशाख १० । एक सय मिटर बटरफ्लाइमा कीर्तिमान राख्दै मंगलबार तीन स्वर्ण हात पार्दा गौरिकाले प्रदेश ५ मा जारी आठौं राष्ट्रिय खेलकुद अन्तर्गत पौडि तर्फको स्पर्धामा स्वर्ण पदकको संख्या ८ पु¥याएकी छिन् ।

मंगलबार नेपालगञ्जमा भएको प्रतिस्पर्धामा गौरीकाले एक सय मिटर बटरफ्लाइमा एउटा राष्ट्रिय कीर्तिमान बनाउँदा दुई सय मिटर ब्याक स्ट्रोक, दुई सय मिटर फ्रि स्टाइलमा गडरी तीन स्वर्ण जित्न सफल भएकी हुन्।

गौरीकाले महिला एक सय मिटर बटरफ्लाइमा १ मिनेट ७.९७ सेकेन्डमा दूरा पार गर्दै कीर्तिमानी स्वर्ण जित्न सफल भएकी हुन् । यस अघि उनले सोही स्पर्धामा १ मिनेट ८.६३ सेकेन्डमा दुरी पार गर्दै कीर्तिमान बनाएकी थिइन् । उता दुई सय मिटर फ्रिस्टाइलमा स्वर्ण जित्न गौरिकाले २ मिनेट ९.१९ सेकेण्डमा पुरा गर्दै स्वर्ण पदक जित्न सफल भएकी हुन् ।

Gaurika Singh

यस्तै सोही स्पर्धामा आर्मीका डौना लामा दोस्रो बन्दा एपिएफकी श्रीबी महर्जन तेस्रो बने ।

महिला दुई सय मिटर ब्याकस्ट्राकको स्वर्णपनि गौरिकाले नै जितीन । उनले २ मिनेट ४१.२५ सेकेण्डमा निर्धारित दुरी पार गर्दै स्वर्ण पदक जित्न सफल भएकी हुन् । सोही स्पर्धामा नेपाल पुलिसकी अनुस्का पोखरेल दोस्रो बन्दा दिया स्थापित तेस्रो बने ।

यस्तै महिला चार गुणा एक सय मिटर रिलेमा गौरीका सम्मिलित आर्मीको टिमले स्वर्ण पदक हात पार्दा अनुस्का पोखरेल सम्मिलिग नेपाल पुलिस क्लबले रजत पदक हात पा¥यो । दिया स्थापित सम्मिलित एपिएफको टोलीले कास्य पदकमा चित्त बुझायो ।

यस्तै पुरुष तर्फ चार गुणा एक सय मिटर तर्फको स्पर्धामा नेपाल पुलिसका गौरभ लामा सम्मिलित टोलीले स्वर्ण पदक हात पार्दा शुभम् श्रेष्ठ सम्मिलित एपिएफको टोलीले रजत र दिलिम थापा सम्मिलित आर्मीको टोलीले कास्य पदकमा चित्त बुझायो ।

पौडी स्पर्धा अन्तर्गत आर्मीका अनुभव सुब्बाले एक सय मिटर बटरफ्लाइमा नयाँ कीर्तिमान बनाउँदै स्वर्ण पदक हात पार्दा नेपाल पुलिसका सायद हजम शाले पनि कीर्तिमान बनाउँदै रजत पदक जित्न सफल भए ।

कीर्तिमान बनाएका अनुभवले निर्धारित दुरी एक मिनेट ०.६२ सेकेन्डमा पार गरेका थिए । सोही स्पर्धामा नाथन दोर्जे शेर्पाले कास्य पदकमा चित्त बुझाए । पुरुषकै ५० मिटर ब्रेष्स्टोकमा एपीएफका शुभंम श्रेष्ठले राष्ट्रिय कीर्तिमान सहित स्वर्ण जिते । शुभमले निर्धारित दुरी ३१.९० सेकेन्डमा पूरा गर्दै आफ्नै नाममा रहेको कीर्तिमानलाई सुधार गरेका हुन् ।

२०७६ बैशाख १०, मंगलवार मा प्रकाशित