महिला फुटबलको उपाधिका लागि आर्मी र एपिएफ भिड्ने

दाङ, बैशाख १० । विभागीय टोलीद्वय त्रिभुवन आर्मी र एपिएफ क्लब आठौँ राष्ट्रिय खेलकुद अन्तर्गत महिला फुटबलको उपाधिका लागि भिड्ने भएका छन् ।

दाङको बेलझुण्डामा मंगलबार भएको पहिलो सेमिफाइनलमा आर्मीले प्रदेश ३ लाई ६–० को फराकिलो अन्तरले पराजित गर्दा पेनाल्टी सुटआटमा उपाधि नजिक पुगेको एपिएफसँग प्रतिस्पर्धा गर्ने भएको हो । पहिलो सेमिफाइनलमा खेलमा आर्मीका लागि बिमला चौधरीले गोल गर्दै आर्मीलाई सुरुआती अग्रता दिलाएकी थिइन् । निकै रोमाञ्चक बनेको खेलको ३७औं र ४० औं मिनेटमा शर्मिला थापाले गोल व्यक्तिगत दुई गोल गर्दै आर्मीलाई पहिलो हाफमा ३–० अग्रता पायो ।

पहिलो हाफमा लिएको लयलाई आर्मीले दोस्रो हाफमा पनि निरन्तरता दियो । कृष्ण खत्रीले ६० औं र ६७ औं मिनेटमा तथा इन्द्रिरा राईले टिमका खेल सकिन १० मिनेट बाँकी रहँदा छैठौं गोल थप्दै टोलीको जितलाई सुनिश्चत गरिन् ।

फुटबल अन्र्तगत मंगबारै सम्पन्न अर्को सेमिफाइनलमा नेपाल पुलिस क्लबलाई ट्राइब्रेकरमा ६–५ गोल अन्तरले हराउँदै एपिएफले आर्मीसँगको भेट पक्का ग¥यो । निर्धारि समय १–१ गोलको बराबरमिा सकिएपछि खेलको निर्णय टाइब्रेकबाट लिइएको थियो । फाइनल खेल बुधबार हुनेछ ।

२०७६ बैशाख १०, मंगलवार मा प्रकाशित