आठौं राष्ट्रिय खेलकुद सम्पन्न, नवौं गण्डकीमा हुने

नेपालगञ्ज, वैशाख १२ – पूर्वाधार निमार्ण र मैसम प्रतिकुलका बापजुत पनि आयोजना भएको आठौं राष्ट्रिय खेलकुद अन्तत प्रदेश ५ लो बुधबार सम्पन्न भयो ।

सम्पन्न प्रतियोगितामा आयोजनाका लागि अनेकौं टिका टिप्पणी भएपनि विहान र बेलुका गरी समावेश ३५ स्पर्धाका खेलहरु सम्पन्न भए । खेलहरु सञ्चालन भएको प्रतियोगिता आठ दिन पछि मात्र औपचारिक उद्घाटन हुँदा केही खेल सकिएका थिए ।

मुख्य उद्घाटन स्थल निर्माण गर्न लागि दिन रात अहोरत्र खटेर उद्घाटन स्थालाई दुलही जसरी सिंगारीएको थियो । राष्ट्रप्रमुख विद्यादेवी भण्डारीले उद्घाटन गरेको प्रतियोगितालाई कार्यबाहक राष्ट्रपति नन्दकिशो पुनले समापन गरे । आगामी नवौं राष्ट्रिय खेलकुद सञ्चालनका लागि गण्डकी प्रदेशलाई झन्डा हस्तान्तरण गरेसँगै आठौं राष्ट्रिय खेलकुद औपचारिक रूपमा समापन भयो ।

वि.सं. २०३८ सालदेखिको इतिहास बोकेको राष्ट्रिय खेलकुदको नवौं संस्करणमा गण्डकी प्रदेशमा भेट्ने वाचासहित आठौंलाई बुधबार साँझ विट मारियो । समापन समारोहमा सहभागी टोलीको मार्च पास र नेपाली सेनाको नृत्य गरी सामान्यत तरिकाबाट समापन गरिएको थियो ।

समापन समारोहमा कार्यवाहक राष्ट्रपति पुनले यसपटक भएका कमीकमजोरीबाट पाठ सिक्दै गण्डकी प्रदेशमा भव्यताका र समयमै सम्पन्न गर्न सन्देश दिँदा सरोकारवालालाई एकतावद्ध भएर त्यसका लागि सममै लाग्न अर्ति दिए । सम्पन्न प्रतियोगितामा केही कमजोरीहरू भएको औल्याउँदै कार्यवाहक राष्ट्रपति पुुनले गण्डकी प्रदेशमा आयोजना गर्नका निमित्त छिट्टै कार्य अगाडि बढाउन खेलकुदलाई निकायलाई निर्देशन पनि दिए ।

त्यससँगै राष्ट्रपति पुनले नवौं संस्करण २०७७ सालमा गर्नका लागि गण्डकी प्रदेशका अध्यक्ष सम्पन्न श्रेष्ठलाई झन्डा हस्तान्तरण गरे । सोही अवसरमा राखेपका बोर्ड सदस्य अस्मिता गुरुङलगायतको टोलीले आगामी वि.सं.२०७७ साल फागुन २० देखि २७ सम्म नवौं संस्करण गर्न वाचासहित संयुक्त रूपमा झन्डा ग्रहण गर्दै तोकिएको मितिमा सम्पन्न गर्न वाचा समेत गरे ।

यसअघि बुधबार नै राष्ट्रिय खेलकुद परिषदको बोर्ड बैठकले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजना अधिकार गण्डकीलाई दिने निर्णय गरेको थियो । युवा तथा खेलकुद मन्त्रीको अनुपस्थितिमा राखेपका उपाध्यक्ष पीताम्बर तिम्सिनाको अध्यक्षतामा बसेको बोर्ड बैठकले नवौं खेलकुदको आयोजनाका गण्डकी प्रदेशलाई दिएको हो । प्रदेश–१ (साविकको पुर्वाञ्चल) मा सातौं समापनकै अवसरमा नै आठौं प्रदेश–५ (मध्यपश्चिम) र नवौं (पश्चिमाञ्चल) मा गर्ने सैद्धान्तिक सहमति अनुरूपमा नवौं संस्करण गण्डकीमा गर्ने राखेपले बाध्यताकारी निर्णय गरेको थियो ।

प्रतियोगिताको अन्तिम दिन बुधबार ४ खेलको प्रतिस्पर्धा सकिएसंगै आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता सकिएको हो । आठौंमा पनि विभागीय टोलीले वर्चस्व कायम रहँदा शीर्ष तीन स्थानपनि विभागीय टोलीले ओगट्न सफल भए ।

२०७६ बैशाख १२, बिहीबार मा प्रकाशित

Loading...

Leave a Comment