डर्बी भिडन्तमा सिटीलाई सफलता

लन्डन, बैशाख १२ (एजेन्सी)– म्यान्चेस्टर डर्बी भिडन्तमा सिटीले २–० को जित निकाल्दा इङ्लिस प्रिमियर लिगमा उपाधि होड थप रोमाञ्चक बनेको छ ।

म्यानचेस्टर युनाइटेडको घरेलु मैदानमा हावी देखिएको साविकको प्रिमियर लिगको विजेता सिटीले पहिलो हाफमा बराबरी खेले पनि दोस्रो हाफमा उत्कृष्ट खेल पस्कदै उपाधि यात्रालाई जिवन्त राख्न सफल भएको हो ।

पहिलो हाफमा गोल रहित बारबरी खेलको सिटीले दोस्रो हाफमा बेर्नान्डो शिल्भाको गोलबाट अग्रता लिएको थियो । ५४औं मिनेटमा इल्की गोन्डोगानको पासमा बेर्नान्डोले गोल गर्दै भ्रमणकारी टोलीलाई सुरुआती अग्रता दिलाउन सफल भएका थिए ।

च्याम्पियन्स लिगको क्वार्टर फाइनलमा टोटेनह्यामसँग स्तब्ध हुँदै बाहिरिएको सिटीको लक्ष्य यो संस्करण पनि उपाधि उचाल्ने रहेको छ । त्यसका लागि युनाइटेडको मैदानमा आक्रामक खेलेको सिटीका लागि ६६औं मिनेटमा लेर्वे सानेले गोल गर्दै सिटीका लागि दोस्रो गोल गर्न सफल भएका थिए । बाँकी समयमा घरेलु टोली खेलमा फर्किन निकै प्रयास गरे पनि सफल हुन सकेन् ।

डर्बी भिडन्तमा स्पष्ट जित निकाल्दै शीर्ष स्थानमा फर्किएको सिटी उपाधि होडमा रहेको अर्को टोली लिभरपुल भन्दा एक अंकले मात्र अगाडी छ । ३५ खेल खेलिसकेका दुबै टोली मध्ये सिटीका ८९ अंक रहेको छ भने लिभरपुलको ८८ अंक छ । लिगमा अब तीन खेल बाँकी रहँदा कुनै पनि टोलीले खेलमा सुखद नजिता निकालेको खण्डमा म्यानचेस्टर सीटीले बाजी मार्ने छ ।

यस्तै लिग अन्तर्गत बुधबार नै भएको अर्को खेलमा उल्भरह्याम्टनले भ्रमणकारी टोली आर्सनलाई ३–१ ले पराजित ग¥यो । च्याम्पियन्स लिग खेल्नका लागि शीर्ष चार भित्र अटाउने लक्ष्यमा रहेको आर्सनललाई यो हार सँगै कठिन भएको छ ।

२०७६ बैशाख १२, बिहीबार मा प्रकाशित

Loading...

Leave a Comment