गोलरहित बराबरी खेल्दै रियल मड्रिडले अंक बाँड्यो

मड्रिड, बैशाख १३ (खेल नेपाल)– तालिकाको तेस्रो स्थानमा रहेको रियाल मड्रिड बिहीबार राति स्पेनिस ला लिगमा चौथो स्थानका गेटाफेसँग गोल रहित बराबरी रोकिएको छ ।

गेटाफेको घरेलु मैदानमा भएको खेलमा दोस्रो स्थानको एथ्लेटिको मड्रिडसँग अंक दुरी घटाउने उद्देश्यका साथ मैदान उत्रिएको रियलले पहिलो हाफमा राम्रा अवसर सिर्जन गरे पनि गोल गर्न नसक्दा अंक बाँड्न बाध्य भएको हो । उता एक स्थान मात्र माथि रियलसँगको अंक दुरी घटाउने दाउमा रहेको गेटाफे घरेलु मैदानमा स्तब्ध बनेको हो ।

सुरुआतबाट नै गोलका लागि निकै प्रयास गरे पनि रियल मड्रिड तीन मौका अफसाइड भएका थिए । हावी देखिएको रियलका लागि अग्रपंक्तिले पाएका राम्रा अवसरलाई सदुपयोग गर्न असफल भएको थियो ।

भ्रमणकारी टोली रियलको बराबरीसँगै तालिकामा ६५ अंक भएको छ । लिगका ४ खेल बाँकी रहँदा रियालले २० खेलमा जित, ५ खेल बराबरी र ९ खेलमा पराजय भोग्दै ६५ अंकका साथ तालिकाको तेस्रो स्थानमा अटाएको हो । उता १० अंकले पछि रहेको गेटाफे तालिकाको चौथो स्थानमा छ ।

लिग अन्र्तगत बिहीबारै सम्पन्न अर्को खेलमा भिल्लारियलले घरेलु टोली रियाल सोसिडाडलाई १–० ले पराजित गर्दै अंक खोस्न सफल भएको छ । १०औं स्थानमा रहेको रियाल सोसिडाडको ३४ खेलबा ४१ अंक छ भने जित निकालेको भिल्लारियलको ३९ अंक रहेको छ ।

२०७६ बैशाख १३, शुक्रबार मा प्रकाशित

Loading...

Leave a Comment