एएफसी यु–१९ महिला च्याम्पियनसिपः नेपालको लज्जास्पद हार

काठमाडौं, वैशाख १३ । बलियो प्रतिद्वन्द्वी अस्ट्रेलियालाई ११–१ को नतिजा सुम्पिएको दिन शुक्रबार नेपालले एएफसी यु–१९ महिला च्याम्पियनसिप अन्तर्गत दोस्रो चरणको छनोटको पहिलो खेलमा खराब सुरुआत गरेको छ ।

म्यानमारको मण्डलेस्थित मण्डलार्थिरी स्टेडियममा भएको छनोट चरणको पहिलो खेलमा फराकिलो पराजय भोग्दा नेपालले पहिलो हाफमा ६ गोलले पछि परेको थियो दोस्रो हाफमा ५ गोलले परेको थियो । नेपालका लागि सान्तोवना गोल मन्जली कुमारी योन्जनले पहिलो हाफको इन्जुरी समयमा गरेकी थिइन् ।

फिफाको महिला वरियताको छैठौ स्थानमा रहेको अस्ट्रेलियाले १ सय ६ छैठौं स्थानम रहेको नेपाललाइ सुरुआतबाट नै दबाबमा राखेको थियो । उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्यसहित म्यानमार पुगेको नेपालले अस्ट्रेलियन फरवार्डलाई रोक्न असफल भयो । प्रतियोगितामा अब नेपालले दोस्रो खेल आइतबार उव्वेकिस्तासँग खेल्नेछ भने मंगलबार आयोजक म्यानमारसँग खेल्नेछ ।

आठ टोलीलाई दुई समूहमा विभाजन गरी सञ्चालन गरिएको छनोट चरण अन्तर्गत शीर्षमा रहने दुई टोली अघिल्लो चरण प्रवेश गर्नेछन् । शीर्ष दुई टोलीले थाइल्यान्डमा आगामी अक्टोबरमा हुने एएफसी यु– १९ च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्न पाउनेछन् ।

पहिलो खेलमा नै पराजित भएको नेपाली टोलीकी कप्तान सरु लिम्बुले शारिरिक बनाओटको कारण फराकिलो अन्तरले पराजित हुनु परेको प्रतिक्रिया दिइन् ।

‘अष्ट्रेलिया हामी भन्दै धेरै राम्रो टोली हो । शारिरिक बनाउवट र उचाइका कारण उनीहरुलाई फाइदा पुग्यो,’ नेपाली टोलीकी कप्तान सरुले भनिन्, ‘अनपेक्षित नतिजा बेहोर्न हात लाग्यो । तैपनि बाँकी दुई खेलमा राम्रो प्रदर्शन गर्दै अघिल्लो चरणको यात्रालाई प्रयास गर्नेछौं ।’

छनोट चरण अन्तर्गत गत अक्टोबरमा थाइल्यान्डमा सम्पन्न पहिलो चरणको प्रतियोगितामा समूह ‘बी’ बाट उपविजेताको रुपमा दोस्रो चरण प्रवेश गरेको थियो । उक्त छनोट चरणको पहिलो खेलमा आयोजक थाइल्यान्डसँग ३–० ले पराजित भएको नेपालले बाँकी खेलमा जित निकाल्दै उपविजेता बनेको थियो । आयोजक थाइल्यान्ड, भारत, पाकिस्ता, सिंगापुर र नेपाल रहेको समूह चरणको अन्य खेलमा नेपालले भारतलाई २–०, पाकिस्तानलाई ९–० ले पराजित गरेको थियो ।

२०७६ बैशाख १३, शुक्रबार मा प्रकाशित

Loading...

Leave a Comment