जेभियर र टाईम्स बिजयी

काठमाडौं, बैशाख १३ । जेभियर र टाईम्स कलेजले खुला क्याम्पस स्तरिय राष्ट्रिय पुरुष बास्केटबल प्रतियोगितामा बिजयी शुरुवात गरेका छन् ।

मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजना तथा अमृत साईन्स क्याम्पस स्वबियुको ब्यवस्थापनमा संचालन भएको प्रतियोगिताको उद्घाटन खेलमा जेभियरले ह्वाईटहाउस कलेजलाई ५२–४३ को स्कोरमा पराजित गरेको छ । दोश्रो खेलमा टाईम्सले त्रिचन्द्र कलेजमाथी ७८–२२ को फराकिलो जित निकाल्यो ।

राष्ट्रिय सभाका अध्यक्ष गणेश तिम्लिसिना, मदन भण्डारी स्पोर्टस् एकेडेमीका अध्यक्ष बिनोद श्रेष्ठले उद्घाटन गरेको प्रतियोगिताको बिजेता टिमले १ लाख ११ हजार र उपबिजेताले ५५ हजार ५ सय प्राप्त गर्ने छन् । लिगकम नकाउटका आधारमा बैशाख १९ गते सम्म संचालन हुने प्रतियोगिताको सहभागि टिमलाई चार समूहमा बिभाजन गरिएको छ ।

२०७६ बैशाख १३, शुक्रबार मा प्रकाशित