काठमाडौ, वैशाख १३ । दोस्रो रोज वहिनी चन्द्रागिरी गोल्डकप फुटबल प्रतियोगिताको पहिलो दिन आइतबार विभागीय टोली त्रिभुवन आर्मी क्लब र जावलाखेल युथ क्लबले प्रतिस्पर्धा गर्ने भएका छन् ।
दिपशिखा युवा समूहको आयोजनामा आइतबारबाट हुन लागेगको सम्पूर्ण तयारी पूरा भएको युवा समूहले शुक्रबार पत्रकार सम्मेलनमा जानकारी दिएको हो ।
वैशाख २२ गते सम्म चन्द्रागिरी नगरपालिकास्थित नैकाप खेल मैदानमा चल्ने प्रतियोगितामा आयोजक दिपशिखा युवा समूह,त्रिभुवन आर्मी क्लब, एपिएफ,जाउलाखेल युवा क्लब,सरस्वती युवा क्लब,फ्रेन्डस क्लब, विरगन्ज युनाइटेड र च्यासल युवा क्लब गरि कुल ८ टोलीको सहभागिता रहने प्रतियोगिता संयोजक रमेश बुढाथोकीले बताए ।
प्रतियोगिताको विजेताले ६ लाख तथा उपविजेता ३ लाख नगद हात पार्नेछ । त्यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ताले समान ३० हजार नगद हात पर्नेछन् । प्रत्येक खेलको म्यान अफ दी म्याचले ५ हजार प्राप्त गर्नेछन् । प्रतियोगितालाई रोज बहिनी फmाउन्डेसनले १० तथा चन्द्रागिरी नगरपालिकाले ६ लाख प्रायोजन गरेको बुढाथोकीले बताए ।
