आईपिएलः मुम्बईसँग चेन्नई पुनः स्तब्ध

चेन्नेइ, बैशाख १४ (एजेन्सी)– महेन्द्र सिंह धोनी अनुपस्थित रहेको चेन्नई सुपर किंग्स भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपिएल)मा शुक्रबार मुम्बइ इन्डियन्ससँग ४६ रनले पराजित भएको छ ।

चेन्नईस्थित एम चिदामबराम क्रिकेट स्टेडियममा मुम्बईले दिएको १ सय ५६ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको चेन्नई १७.४ ओभरमा सबै विकेट गुमाएर मात्र १ सय ९ रन जोड्दा ४६ रनले पराजित भएको हो । यो सँगै जारी संस्करणको तालिकाको शीर्ष स्थानमा रहेको चेन्नई दोस्रो खेलमा पनि मुम्बईसँग पराजित भएको छ । यस सिजनको पहिलो खेलमा मुम्बईले चेन्नईलाई ३७ रनले हराएको थियो ।

१ सय ५६ रनको लक्ष्य सहित जवाफी ब्याटिङ गरेको चेन्नइका लागि विजय मुरालीले सर्वाधिक ३८ रन बनाउँदा मिचेल स्टाननरले २२ तथा ड्वाने ब्राभोले २० रनको योगदान गरेका थिए । चेन्नईका अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन्।

कप्तान महेन्द्र सिंह धोनी अस्वस्थ्य भएपछि टोलीको कप्तानी सुरे श रैनाले सम्हालेका थिए यद्यपि टोलीलाई जित दिलाउन सकेनन् ।
चेन्नईलाई सस्तैमा समेट्न मुम्बईका लाथिस मलिंगाले सर्वाधिक ४ विकेट हात पार्दा कुर्नाल पाण्डेया र जस्प्रित बुम्राहले समान २/२ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरको समाप्तिमा ४ विकेट गुमाएर १ सय ५५ रन जोडेको थियो । मुम्बईका लागि कप्तान रोहित शर्माले ६७ रनको अर्धशतकीय इनिङ्स खेल्दा इभिन लेविसले ३२ तथा हार्दिक पाण्डेयाले अविजित २३ रनको इनिङ खेले । क्विनटन डी कक १५ रनमा आउट हुँदा केइरन पोलार्डले अविजित १३ रन बनाए । बलिङ तर्फ चेन्नईका मिचेल स्टाननरले २ तथा दिपक चाहर र इमरान ताहिरले १/१ विकेट हात पारे ।

जितसँगै मुम्बई लिगको दोस्रो स्थानमा उक्लिएको छ । मुम्बईले ११ खेलबाट १४ अंक जोडेको छ । पराजित चेन्नई १२ खेलबाट १६ अंक जोडेर शीर्ष स्थानमा यथावत छ ।

२०७६ बैशाख १४, शनिबार मा प्रकाशित

Loading...

Leave a Comment