मेसीको निर्णायक गोलमा बार्सिलोना ला लिगा च्याम्पियन

बार्सिलोना, वैशाख १५ । कप्तान लियोनल मेसीको निर्णायक गोलको मद्दतमा शनिबार स्पेनिस ला लिगामा शीर्ष स्थानको बार्सिलोनाले लेभान्टेलाई १–० ले पराजित गर्दै जारी सिजको उपाधि उचाल्न सफल भएको छ ।

साविकको विजेता समेत रहेको बार्सिलोनाले यो सँगै २६ औं पटका उपाधि जित्न सफल भएकयषे हो । यस्तै लियोनल मेसीले टोलीकालागि १० औं पल्ट उपाधि दिलाउँदा सबै भन्दा धेरै पटक उपाधि उचाल्ने पहिलो खेलाडी पनि बनेको छ । मेसीले बार्सिलोनाका लागि दिलाएको समग्रामा यो ३४ औं उपाधि हो ।

पहिलो हाफमा गोल रहत बराबरी खेलेको बार्सिलोनालाई घरेलु मैदानमा उपाधि दिलाउन मेसीको ६२ औं मिनेटका गोल निर्णायक बनेको हो । यो सँगै बार्सिलोनाले पछिल्लो पाँच वर्षमा ला लिगाको चौथो उपाधि जित्न सफल भएको छ । यस्तै जारी सिजनमा सर्वाधिक गोल गरेका मेसीले तीन खेल बाँकी रहँदा अहिले सम्म ३४ गोल पूरा गरेका छन् ।

बार्सिलोनाले ३५ खेलबाट ८३ अंक जोड्दा तीन खेल अगावै च्याम्प्यिन बनेको हो । यस्तै दोस्रो स्थानको एट्लेटिको म्याड्रिडको ७४ अंकका साथ तालिकाको दोस्रो स्थानमा रहँदा ३४ खेलबाट रियाल मड्रिड तालिकाको तेस्रो स्थानमा छ ।

उपाधि सुनिश्चित गरिसकेको बार्सिलोनाको अबको लक्ष्य च्याम्पियन्स लिगको उपाधि जित्ने रहेको छ । च्याम्पियन्स लिगको सेमिफाइनमा स्थान बनाइसकेको बार्सिलोनाले बिहीबार लिभरपुलविरुद्ध सेमिफाइनलको पहिलो लेग घरेलु मैदानमा आमन्त्रण गर्दै प्रतिस्पर्धा गर्दैछ ।

२०७६ बैशाख १५, आईतवार मा प्रकाशित

Loading...

Leave a Comment