एएफसी यु–१९ महिला च्याम्पियनसिपः नेपालको यात्रा लगभग समाप्त

काठमाडौं, वैशाख १५ । नेपाल म्यानमारमा जारी एएफसी यु–१९ महिला च्याम्पियनसिप छनोटको दोस्रो चरणको दोस्रो खेलमा उज्वेकिस्तासँग पराजित भएको छ । उज्वेकिस्तानलाई ४–० को नतिजा सुम्पिएको नेपालको अघिल्लो चरणको यात्रा लगभग समाप्त भएका हो ।

म्यानमारस्थित मन्डलाथिरी रंगशालामा भएको खेलको पहिलो हाफमा १ गोलले पछि परेको नेपाल दोस्रो हाफमा पनि सोचे अनुसारको खेल्न नसक्दा थप ३ गोल खान पुगेको थियो ।

फितलो रक्षापंक्तिको कमजोरीको फाइदा उठाउँदै आक्रामक खेल खेलेको उज्बेकिस्तानले २० औं मिनेटमा सुरुआती अग्रता लिएको थियो । गोलकिपर अन्जना रानामगरको गल्तीमा नेपाल एक गोल पछि परेको थियो । पछि परेसँगै गर या मरको अवस्थामा रहेको नेपालले आक्रामक खेल खेल्दै खेलमा फर्किन प्रयास गरे पनि अग्रपंक्तिले पाएका राम्रा अवसरलाई सदुपयोग गर्न असफ भयो । नेपालकी रेखा पौडेलले पहिलो हाफमा मौका सदुपयोग गर्न नसक्दा चुक्कचुकाउने परेको थियो ।

पछि परेको नेपाली टोलीले दोस्रो हाफको सुरुआतमा केही सुधारिएको प्रदर्शन गरेपनि निर्धारित समय सम्हालिन नसक्दा लगातार पराजित हुन पुगेको हो । समूहको पहिलो खेलमा अष्ट्रेलियासँग ११–१ को फराकिलो गोलअन्तरले पराजित भएको नेपालले अन्तिम खेल मंगलबार म्यानमारसँग खेल्नेछ । गत अक्टोबरमा सम्पन्न पहिलो चरणको छनोट प्रतियोगितामा नेपाल उत्कृष्ट उपविजेता बन्दै दोस्रो चरणका लागि योग्य भएको थियो ।

२०७६ बैशाख १५, आईतवार मा प्रकाशित

Loading...

Leave a Comment