पाँचौं केएनपी राष्ट्रिय महिला भलिबल सेमिफाईनलको समिकरण पुरा

काठमाडौं, बैशाख १५ । पाँचौं केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाईनलको समिकरण पुरा भएको छ । पहिलो सेमिफाईनलमा एपीएफ र होङगान्जी न्यृडायमण्डबीच हुनेछ भने दोश्रो पुलिस र आर्मीबीच प्रतिस्पर्धा हुने पक्का भएको छ ।

आईतवार दोहोरो जित निकालेर समूह बिजेता भएको एपीएफले आर्मीसँगको सघर्षपूर्ण खेलमा ३–२ को सेटमा नतिजा आफ्नो पक्षमा पार्न सफल भयो ।

सरस्वती चौधरी वुमन अफ दि म्याच भएको खेलमा एपीएफले आर्मीमाथी २५–१४,२२–२५,२५–२३,२०–२५ र १५–१३ को रोमाञ्चक जित निकाल्यो । दोश्रो खेलमा एपीएफले जाउलाखेल भलिबल प्रशिक्षण केन्द्रलाई २५–५,२५–१२ र २५–१३ को सोझो सेटमा हरायो । त्यस्तै समूह बीको खेलमा पुलिसले पश्चिमाञ्चललाई २५–१६,२५–८ र २५–२२ को सोझो सेटमा हराउदै समूह बिजेता बन्यो ।

शेरवहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा संचालन भएको प्रतियोगिताका बिजेताले २ लाख, उपबिजेताले १ लाख,तृतिय हुने टिमले ५० हजार नगद प्राप्त गर्ने छन् । प्रतियोगिताको सर्वोेकृष्ट खेलाडी र शेरवहादुर खड्का स्पेशल अवार्ड बिजेताले जनही १५/१५ हजार प्राप्त गर्ने छन् । बिद्यागततर्फ वेष्ट स्पाईकर, वेष्ट सेटर,बेष्ट ब्लक,बेष्ट डिफेन्स,बेष्ट क्विकर,बेष्ट सर्भर र बेष्ट कोचले जनहि ५ हजार नगद प्राप्त गर्ने छन् ।

२०७६ बैशाख १५, आईतवार मा प्रकाशित

Loading...

Leave a Comment