बुढानिलकण्ठ र रोयलको विजयी सुरुआत

काठमाडौं, वैशाख १५ ।  बुढानिलकण्ठ नगरपालिका बास्केटबल क्लब र दि रोयल बास्केटबल क्लबलो दोस्रो संस्करणको क्विक्स नेपाल बास्केटबल लिगमा विजयी सुरुआत गरेको छन ।

आइतबार सम्पन्न दिनको पहिलो खेलमा बुढानिलकण्ठले एएनके कीर्तिपुर बास्केटबल क्लबलाई ७०–५६ स्कोरले पराजित गर्दा अर्को खेलमा रोयलले साउथ साइडर बास्केटबल क्लबलाई ७०–६२ को स्कोरमा पराजित गरेको हो । बढानिलकण्ठको जितका लागि सौरभ श्रेष्ठले सर्वाधिक १५ स्कोर गर्दै मस्ट भ्यालुएवल खेलाडी बने भने रोयलको जितमा अमृत कोइरालाको सर्वाधिक १० स्कोर गरे ।

लिगमा सोमबारको पहिलो खेलमा विभागीय टोली नेपाल पुलिस र त्रिभुवन आर्मी क्लब आमने सामने हुँदा अर्को खेलमा टाइम्स इन्टर नेश्नल क्लब र साउथ साईडरबीच खेल हुनेछ ।

२०७६ बैशाख १५, आईतवार मा प्रकाशित