एग्युरोको निर्णायक गोलमा सिटी पुनः शीर्ष

लन्डन, बैशाख १५ (खेल नेपाल)– साविकको विजेता म्यानचेस्टर सिटीले बन्र्लीलाई पराजित गर्दै तालिकाको शीर्ष स्थानमा फर्किएको छ ।

बन्र्लीको घरेलु मैदानमा आइतबार भएको खेलमा सर्जियो एग्युरोले गरेको निर्णायक बन्दा सिटीको उपाधि यात्रालाई बलियो बनाएको हो । पहिलो हाफमा गोल रहित बराबरी खेलेको सिटीले दोस्रो हाफमा गोल गर्दै अग्रता लिएको थियो । ६३ औं मिनेटमा एग्युरोले गोल गर्दै टोलीलाई महत्वपूर्ण तीन अंक दिलाउन सफल भएका हुन् ।

यो जित पछि पुनःशीर्ष स्थानमा उक्लिएको सिटीले दोस्रो स्थानको लिभरपुलको भन्दा एक अंकले अगाडि रहेको छ ।

शीर्ष स्थानमा फर्किएको सिटीको ३६ खेलबाट ९२ अंक भएको छ भने दोस्रो स्थानको लिभरपुलको ३६ खेलबाट ९१ अंक छ । शीर्ष दुई टोलीको पछिल्ला खेलमा निकालेको जितसँगै उपाधि हो निकै रोमाञ्चक बन्दै गएको छ ।

खेलको सुरुआतबाट नै आक्रामक देखिएका दुबै टोलीले पहिलो हाफमा केही राम्रा अवसर पाए पनि सदुपयोग गर्न सकेनन्।

लिग सकिन दुई खेल बाँकी रहँदा लिभरपुलले अब न्युक्यासल र उल्भ्ससँग प्रतिस्पर्धा गर्नेछ । उपाधिको होडको अर्को टोली म्यानचेस्टर सिटीले लिगको समापन गर्न लेस्टर सिटी र ब्रिङ्टोनसँग खेल्न बाँकी छ ।

२०७६ बैशाख १५, आईतवार मा प्रकाशित

Loading...

Leave a Comment