एसिसी यु–१६ इस्नर्न रिजन क्रिकेट प्रतियोगिताको विजेता टोली आज स्वदेश फर्किदै

काठमाडौं, बैशाख १६ (खेल नेपाल)– थाइल्यान्डमा सम्पन्न एसिसी यु–१६ इस्र्टन रिजन क्रिकेट प्रतियोगिताको विजेता टोली आज स्वदेश फर्किदै छ ।

दोस्रो संस्करणको प्रतियोगितामा सहभागि भएको नेपाली टोली आज (सोमबार) दिउसो २ बजेथाइ एयरवेजबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थानमा आइपुग्नेछ । पहिलो संस्करणको पनि विजेता टोलीले आइतबार मलेसियासँग भएको फाइनल खेलमा ३९ रनको जित निकाल्दै उपाधि रक्षा गर्न सफल भएको थियो ।

प्रतियोगितामा आयोजक थाइल्यान्ड सहित नेपाल, मलेसिया, हङकङ, सिंगापुर, म्यानमार, चीन र भुटानले सहभागिता जनाएका थिए ।

२०७६ बैशाख १६, सोमबार मा प्रकाशित