म्यानचेस्टर युनाइटेड र चेल्सीले अंक बाँडे

लन्डन, बैशाख १६(एजेन्सी)– शीर्ष चार भित्र अटाउन संघर्षरत टोलीद्वय म्यानचेस्टर युनाइटेड र चेल्सी आइतबार एक÷एक गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।

बराबरीसँगै चेल्सीले शीर्ष पाँच भित्र मौका गुमेको छ । पाहुना टोली चेल्सीविरुद्ध ११ औं मिनेटमा लिएको सुरुवाती अग्रता जोगाउन नसक्दा युनाईटेडले बराबरी अंक बाँड्न बाध्य भएको हो । खेलमा हुवा माटाले गोल गर्दै युनाइटेडलाई सुरुआती अ्रता दिलाएका थिए । दबाबमा परेको चेल्सीले पहिलो हाफ सकिन २ मिनेट बाँकी छँदा गोल फर्काउँदै खेल बराबरीको अवस्थमा ल्याएको थियो । चेल्सीका लागि मार्कुस अलन्सेले गोल गर्दा खेल बराबरी तर्फ लम्किएको थियो ।

पहिलो हाफमा एक/एक गोलको बराबरी खेलको दुबै टोली स्पष्ट जितका लागि दोस्रो हाफमा आक्रामक देखिए पनि पाएको राम्रा अवसरलाई सदुपयोग गर्न असफल भए । र अंक बाँड्दै विदाई भए ।

बराबरीसंगै चौंथो स्थानको चेल्सीले ३६ खेलबाट ६८ अंक भएको छ समान खेल खेलको युनाइटेडको ६५ अंक रहेको छ । युनाइटेड तालिकाको छैठौैं स्थानमा छ ।

लिग अन्र्तगत आइतबारै सम्पन्न अर्को खेलमा पाँचौ स्थानको आर्सनल आठौं स्थानको लेस्टरसँग ३–० ले स्तब्ध बन्यो । ३६औं मिनेटमा १० खेलाडीमा सिमित बनेको आर्सनललाई पराजित गर्न जामी भार्डले २ गोल गर्दा योरी टिलेमानसले एक गोल गरे ।
पराजित आर्सनलको ३६ खेलबाट ६६ अंक छ भने विजयी लेस्टरक समान ३६ खेलबाट ५१ अंकका साथ तालिकाको आठौं स्थानमा छ ।

२०७६ बैशाख १६, सोमबार मा प्रकाशित

Loading...

Leave a Comment