ला लिगाः रियाल रायोभालेकानोसँग स्तब्ध

मड्रिड, बैशाख १६(एजेन्सी)– स्पेनिस ला लिगामा रेलिगेशन क्षेत्रबाट बच्न संघर्षरत रायो भालेकानोसँग रियाल मड्रिड आइतबार राति स्तब्ध भएको छ ।

रायो भालेकानो घरेलु मैदानमा भएको खेलमा २३ औं मिनेटको पेनाल्टी गोल निर्णायक बन्दा रिया स्तब्ध हुन पुगेको हो । अघिल्लो खेलमा गटाफेसँग गोल रहित बराबरी खेलको रियाल २००४ पछि पहिलोपटका पुछारबाट दोस्रो स्थानमा रहेको टोलीसँग पराजित भएको हो ।
खराब नजितबाट गुज्रिएको रियाललाई सुखद नतिजा निकाल्न प्रशिक्षक जिनेदिन जिदानले टोलीमा ८ परिवर्तन गरे पनि जित आत्मसात गर्न सकेनन् ।

रेलिगेशन क्षेत्रबाट बच्न गर या मरको अवस्थामा रहेको रायोभालेकानोले आक्रामक सुरुआत गरेको थियो । २३ औं मिनेटमा पेनाल्टी अवसलाई सदुपयोग गर्दै जित निकाल्न सफल भएको हो । एड्रियन इम्बारबाले पेनाल्टी अवसरलाई सदुपयोग गर्दै टोलीको जित सुनिश्चत गरेका थिए ।

जित निकालेको भालेकानो तालिकाको पुछारबाट दोस्रो स्थानमा छ । ३५ खेलबा ३१ अंक बनाएको भालेकानोको लिग समापन गर्न अब तीन खेल बाँकी छ । उता पराजित भएको रियाल मड्रिड समान खेलबाट ६५ अंकका साथ तालिकाको तेस्रो स्थानमा छ ।

२०७६ बैशाख १६, सोमबार मा प्रकाशित