मनमोहन मेमोरियल यु–१६ क्रिकेट : प्रदेश ३ र गण्डकी प्रदेशबीच उद्घाटन खेल

काठमाडौ, बैशाख १६ (खेल नेपाल)– बुधबार देखी सुरु हुने मनमोहन स्मृति अन्तर प्रदेश यु–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिताको पहिलो खेलमा प्रदेश ३ र गण्डकी प्रदेश भिड्ने भएका छन् ।

मनमोहन मेमोरियल क्रिकेट सेन्टरले सोमबार पत्रकार सम्मेलन गरेर बुधबारबाट हुने प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ ।
कीर्तिपुर स्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा आयोजना हुने प्रतियोगिता बैशाख १८ देखी २४ गते सम्म सञ्चालन हुनेछ ।

आयोजकले सहभागी सात टोलीलाई दुई समूहमा विभाजन गरी लिग कम नकआउट प्रणालीमा खेलाउनेछ । दुई समूह मध्येका शीर्ष दुई टोली सेमिफाईनलमा प्रवेश गर्ने छन् । समूह ‘ए’ मो प्रदेश ७, गण्डकी प्रदेश, प्रदेश ३ र कर्णाली प्रदेश रहेका छन् भने समूह ‘बी’ मा प्रदेश २, प्रदेश १ र प्रदेश ५ रहेका छन् ।

३० ओभरमा खेलाइने प्रतियोेगिताका सहभागी खेलाडीले सेतो बलमा खेल खेल्नेछन् । यस्तै खेलाडीले पनि सेतो रंगको पोसाकमा खेल्नेछन् ।
प्रतियोगिताको विजेता टोलीले ५ लाख प्राप्त गर्ने छ । विजेताले २ लाख ५० हजार नगद साथै २ लाख ५० हजारको खेलकुद सामग्री प्राप्त गर्ने आयोजकले जनाएको छ । त्यस्तै उप विजेता टोलीले १ लाख २५ हजार नगद र सो सरहको खेलकुद सामग्री पाउने आयोजकले जनाएको छ ।

२०७६ बैशाख १६, सोमबार मा प्रकाशित

Loading...

Leave a Comment