पाँचौं केएनपी राष्ट्रिय महिला भलिबल : उपाधिलाई आर्मी र एपिएफ भिड्दै

काठमाडौं, बैशाख १७(खेल नेपाल)–  विभागीय टोलीद्वय त्रिभुवन आर्मी क्लब र एपिएफ राजधानीमा जारी पाँचौं केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि लागि भिड्दै छन् ।

लगनखेल स्थित आर्मीको कर्भड हलमा हुने फाइनल खेल दिउसो १ बजे हुँदैछ । यस अघि सोमबार भएको सेमिफाईनलमा एपीएफले होङगान्जी न्युडायमण्डलाई २५–१६,२५–२० र २५–१६ को सोझो सेटमा पराजित गर्दै अन्तिम दुई स्थान बनाउन सफल भएको थियो भने अर्को सेमिफाइनल खेलमा आर्मीले पुलिसलाई २१–२५,२५–१८,२८–२६ र २५–१३ कोे सेटमा हराउँदै आर्मीसँगको भेट पक्का गरेको थियो । यस्तै प्रतियोगितामा तेस्रो स्थनका लागि मंगलवार ११ बजे होङगान्जी न्युडायमण्ड र पुलिसबीच खेल हुँदै छ।

शेरवहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा संचालन भएको प्रतियोगिताका बिजेताले २ लाख,उपबिजेताले १ लाख,तृतिय हुने टिमले ५० हजार नगद प्राप्त गर्ने छन् । प्रतियोगिताको सर्वोेकृष्ट खेलाडी र शेरवहादुर खड्का स्पेशल अवार्ड बिजेताले जनही १५/१५ हजार प्राप्त गर्ने छन् । बिद्यागततर्फ वेष्ट स्पाईकर, वेष्ट सेटर,बेष्ट ब्लक,बेष्ट डिफेन्स,बेष्ट क्विकर,बेष्ट सर्भर र बेष्ट कोचले जनहि ५ हजार नगद प्राप्त गर्ने छन् ।

२०७६ बैशाख १७, मंगलवार मा प्रकाशित

Loading...

Leave a Comment