पाँचौं केएनपी राष्ट्रिय महिला भलिबलकाे उपाधि एपिएफलाई 

काठमाडौं, बैशाख १७। पाँचौं केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि एपीएफले जितेको छ । मंगलवार भएको फाईनल खेलमा एपीएफले आर्मीमाथी ३–० को सोझो सेटमा हराउदै लगातार पाँचौ पटक च्याम्पियान बनेको हो । एपीएफले आर्मीलाई २५–१४,२९–९ र २५–१५ को सोझो सेटमा पराजित गरेको थियो ।

एपीएफको जितमा उत्कृष्ट खेलाडीको उपाधि जितेकी सरस्वती चौधरीले स्पाईकमार्फत २७ अंक,ब्लकमा ८ र सर्भिसबाट १ अंकको योगदान दिएकी थिईन् । फाईनल खेलकी वुमन अफ दि म्याच चुनिएकी नेभिका चौधरीले स्पाईकमा २३ अंक जोड्दा ब्लकमा ६ र सर्भिसबाट १ अंकको योगदान पुर्याएकी थिईन् । एपिएफकै हिरा केसीले टिमका लागि स्पाईक र ब्लकबाट ९/९ अंक जोडिन् । उपबिजेत बनेको आर्मीकी निरुता ढंगुन्ना १३ अंक,सुनिता खड्काले १२ अंक तथा सोफिया पुनले ९ अंकको योगदान दिएका थिए ।

शेरवहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा तथा बहुराष्ट्रिय पेन्ट कम्पनी केएनपी जापान(कन्साई निरोल्यक पेन्ट) ले मुख्य प्रायोजकमा संचालित प्रतियोगिताको तेश्रो स्थान होङगान्जी न्यृडायमण्डले जितेको छ । न्युडायमण्डले नेपाल पुलिसलाई २५–२२,२५–१८ र २५–२२ को सोझो सेटमा हराएको थियो ।

२०७६ बैशाख १७, मंगलवार मा प्रकाशित