अन्तर स्कुल फुटबल प्रतियोगिताकालागि एन्फा र चौधरी ग्रुपबीच सम्झौता

काठमाडौं, वैशाख १७। अन्तर स्कुल फुटबल प्रतियोगिताका लागि अखिल नेपाल फुटबल संघबीच मंगलबार सम्झौता भएको छ ।

देशका ५२ जिल्लामा हुने फुटबल प्रतियोगिताका लागि चौधरी ग्रुप र अखिल नेपाल फुटबल संघबीच मंगलबार सम्झौता भएको हो । चौधरी ग्रुपका तर्फबाट निर्वाण चौधरी र एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

५ बर्षका लागि भएको सम्झौतमा चौधरी गु्रपले हरेक पहिलो बर्ष ५५ लाख दिनेछ भने दोस्रो बर्ष ६०, तेस्रो बर्ष ६५, चौथो बर्ष ७० र पाँचौ बर्षमा ८० लाख उपलब्ध गराउने पत्रकार सम्मेलनमा जानकारी दियो । ५२ जिल्लामा करिव १५ सय टिमबाट छनोट भएको स्कुबीच राष्ट्रिय प्रतियोगिता हुनेछ ।

२०७६ बैशाख १७, मंगलवार मा प्रकाशित