साफ बैठक नेपालमा सम्पन्न, साफ यु–१८ नेपालमा हुने

काठमाडौं, वैशाख १८ । श्रीलंकामा भएको नरसंहार विस्फोट पछि काठमाडौंमा सारिएको दक्षिण एसियाली फुटबल महासंघको साधारण सभाले साफ यु–१८ पुरुष फुटबल च्याम्पियनसिपको जिम्मा नेपाललाई दिएको छ।

काठमाडौंमा मंगलबार बसेको दक्षिण एसियाली फुटबल महासंघको साधारण सभाबाट साफ यु–१८ पुरुष फुटबल च्याम्पियनसिपको जिम्मा नेपालले पाएको हो।

साधारण सभाले प्रतियोगिता आयोजना गर्न सन २०१९ को सेप्टेम्बर २० देखी २९ सम्म मिति तोकेको हो। तोकिएको प्रतियोगिता काठमाडौंमा हुनेछ । यस्तै साधारण सभाले यस वर्ष हुने अन्य समूहका प्रतियोगिता पनि आयोजना गर्ने कार्ययोजना बनाएको छ।

जसमा पुरुषको साफ यु–१५ च्याम्पियनसिप अगष्ट २२ देखि ३१ सम्म भारतमा र महिलाको साफ यु–१५ च्याम्पियनसिप भुटान वा बंगलादेश मध्य एक देशलाई दिने निर्णय गरेको साफका उपाध्यक्ष मणि कुवरले जानकारी दिए ।

महिला प्रतियोगिता अक्टोबर ९ देखि १८ सम्म सञ्चालन गरिने छ । यसअघि साधारण सभा श्रीलंकाको कोलम्बोमा बस्ने तय भएको थियो । तर कोलम्बो स्लामिक स्टेटको आक्रमणमा परेपछि बैठक काठमाडौंमा सारिएको हो ।

 

२०७६ बैशाख १७, मंगलवार मा प्रकाशित

Loading...

Leave a Comment