जेभियर र टाईम्स सेमिफाईनल भिड्ने

काठमाडौं, बैशाख १७ । जेभियर र टाइम्स कलेज खुला क्याम्पस स्तरिय राष्ट्रिय पुरुष बास्केटबल प्रतियोगिताको सेमिफाईनलमा भिड्ने पक्का भएको छ । मंगलवार भएको क्वाटर फाईनल खेलमा जेभियरले अस्कलमाथी ५३–५२ को रोमाञ्चक जित निकाल्यो ।

टाईम्सले प्राईम कलेजलाई ५७–४९ को स्कोरमा हरायो । मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजना तथा अमृत साईन्स क्याम्पस स्वबियुको ब्यवस्थापनमा संचालनभएको प्रतियोगिताको अन्य क्वाटरफाईनल खेलमा गोल्डेनगेट र शंकरदेबले सफलता हात पादै सेमिफाईनलमा स्थान बनाए ।

गोल्डेनगेटले ह्वाईटहाउसलाई ६२–४९ को स्कोरमा हराउदा शंकरदेबले त्रिचन्द्रलाई ६७–३९ को स्कोरमा स्तब्ध बनायो । क्वाटरफाईनल खेल्ने छन ।

२०७६ बैशाख १७, मंगलवार मा प्रकाशित