दि रोयलको लगातार दोस्रो जित

काठमाडौं, वैशाख १७– कीर्तिपुर बास्केटबल टिमलाई पराजित गर्दै दि रोयल बास्केटबल क्बलले राजधानीमा जारी दोस्रो संस्करणको क्विक्स नेपाल बास्केटबल लिगमा लगातार दोस्रो जित निकालेको छ ।

कीर्तिपुर स्थित कीर्तिपुर कोर्टमा मंगलबार भएको खेलमा दि रोयल बास्केटबल क्लबसँग ७१–६१ को स्कोरले पराजित हुँदा प्रतियोगितामा लगातार दोस्रो पराजय भोगेको हो । कीर्तिपुर यस अघि पहिलो खेलमा बुढानिलकण्ठ बास्केटबल क्लबसँग ७०–५६ को स्कोरले पराजित भएको थियो ।

पहिलो खेलमा साउथ साइडर्सलाई पराजित गर्दै प्रतियोगितामा विजयी सुरुआत गरेको दि रोयलले भने लगातार दोस्रो जित निकाल्न सफल भएको हो ।

खेलमा दि रोयलले पहिलो क्वार्टरबाट नै अग्रता लिन सफल भएको थियो । २०–१५ को स्कोरमा अग्रता लिएको रोयलले दोस्रो क्वार्टरमा १८–१० को अग्रता लिन सफल भएको थियो । तर तेस्रो क्वार्टर १५–२० ले पछि परेको दि रोयलले अन्तिम तथा निर्णायक क्वार्टरमा १९–१६ स्कोर निकाल्दै समग्रमा ७२–६१ नतिजा निकाल्दै जित निकाल्न सफल भएको हो । दि रोयलको जितमा कुनखेन जित थेङले सर्वाधिक १३ स्कोर गर्दै मस्ट भ्यालुएवेल खेलाडी बने ।

मंगलबारै सम्पन्न अर्को खेलमा गोल्डेन गेट इन्टरनेश्नल कलेजले बुढानिलकण्ठ नगरपालिका बास्केटबल क्लबलाई ८५–७२ को स्कोरले पराजित गरेको छ । गोल्डेन गेटले पहिलो क्वार्टर २४–१७, १८–१७ जित्दा तेस्रो र चौथो क्वार्टर क्रमश २५–१९ र १९ १८ ले गुमाए पनि समग्रमा ८५–७२ को जित निकाल्दै महत्वपूर्ण तीन अंक जोड्न सफल भएको हो ।

२०७६ बैशाख १७, मंगलवार मा प्रकाशित

Loading...

Leave a Comment