एएफसी यु–१९ महिला च्याम्पियनसिप छनोटमा नेपाल अंक विहिन

काठमाडौं, वैशाख १७ । म्यानमारमा सम्पन्न दोस्रो चरणको एएफसी यु–१९ महिला च्याम्पियनसिप छनोटको अन्तिम खेलमा पनि नेपाल पराजित भएको छ ।

मंगलबार भएको समूह चरणको अन्तिम खेलमा आयोजक म्यानमारसँग २–१ ले पराजित भएको हुँदा नेपाल प्रतियोगितामा अंक विहिन भएको हो । सुरुवाती दुई खेलमा पराजित भएपछि नेपाल प्रतियोगिताबाट एक खेल अगावै बाहिरिएको थियो ।

मण्डलेस्थित मण्डलर थिरी स्टेडियममा पहिलो हाफमा १–० को अग्रता लिएपनि नेपालले दोस्रो हाफमा अग्रतालाई जोगाउन नसक्दा सान्तोवन जित निकाल्नबाट बञ्चित भएको हो । यो सँगै नेपालले छनोट प्रतियोगितामा कुल १७ गोल खान पुग्यो भने २ गोल मात्र फर्काउन सक्यो ।

सुरुआती अग्रता लिएको नेपालका लागि ३९ औ मिनेटमा मनिषा राउतले पेनाल्टी अवसरमा गोल गर्दै नेपाललाई सुरुआती अग्रता दिलाएकी थिइन् । प्रिति राईलाई म्यानमारका खेलाडीले पेनाल्टी बक्स भित्र लडाएपछि नेपालले पेनाल्टीको अवसर पाएको थियो । त्यसमा मनिषाले सहजै गोल गर्दै नेपाललाई १–० को अवस्थामा पु¥याएकी थिइन् ।

पहिलो खेलमा नेपालले अष्ट्रेलियालाई ११–१ को नजित सुुम्पिएको थियो भने दोस्रो खेल उज्वेकिस्तानलाई ४–० को नतिजा सुम्पिएको थियो । लिगमा अस्ट्रेलियाले ९ अंक जोड्दा आयोजक म्यानमारले ६ अंक जोड्न सफल भयो । छनोट चरणका खेल सम्पन्न भएसँगै लिगका सबै खेलमा जित निकालेको अस्ट्रेलिया तेस्रो चरणका लागि योग्य भएको छ भने आयोजक म्यानमारले पनि अघिल्लो चरणमा स्थान बनाउन सफल भएको छ ।

२०७६ बैशाख १७, मंगलवार मा प्रकाशित

Loading...

Leave a Comment