बुधबारदेखि मेयर कप राष्ट्रिय आमन्त्रण फुटबल

नुवाकोट, बैशाख १७ । बुधबारदेखि सञ्चालन हुन लागेको विदुर नगर मेयर कप राष्ट्रिय आमन्त्रण अन्तर नगरपालिका फुटबल प्रतियोगिताको पहिलो खेलमा बेलकोटगढी नगरपालिका नुवाकोट र मेलम्ची नगरपालिका सिनधुपाल्चोकबीच प्रतिस्पर्धा हुने भएको छ ।

जिल्ला खेलकुद विकास समिति र नुवाकोट जिल्ला फुटबल संघको संयोजन तथा विदुर नगरपालिकाको अयोजना हुन लागेको प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको मंगलबार पत्रकार सम्मेलन मार्फत जानकारी दिइयो ।

प्रतियोगितामा बेलकोटगढी नगरपालिका नुवाकोट, मेलम्ची नगरपालिका सिन्धुपाल्चोक, विदुर नगरपालिका नुवाकोट, धुनिवेशी नगरपालिका धादिङ, ब्यास नगरपालिका तनहु, बुढानिलकण्ठ नगरपालिका काठमाडौँ, भरतपुर नगरपालिका चितवन र पोखरा महानगरपालिका कास्की गरी ८ समूहले सहभगिता जनाउँदै छन् ।

प्रतियोगितामा प्रथम हुनेलाई ३ लाख रुपैयाँ, दोस्रोलाई १ लाख ५० हजार रुपैयाँ पाउँनेछ छ भने म्यान अफ दि म्याचलाई ५ हजार रुपैयाँ, उत्कृष्ट खेलाडीलाई १५ हजार रुपैयाँ, उदयमान खेलाडीलाई १० हजार रुपैयाँ हात पार्नेछ ।

नुवाकोट आदर्श बहुमुखी क्याम्पसको खेल मैदानमा हुन लागेको प्रतियोगिताको जिल्लामा रहेका युवाहरुलाई फुटबल प्रति आकर्षित गराउन मेयर कप राष्ट्रिय आमन्त्रण अन्तर नगरपालिका फुटबल प्रतियोगिता गराउन लागेको मेयर सञ्जु पण्डितले बताए । बुधबारदेखि सुरु हुन लागेको प्रतियोगिताको फाइनल खेल २३ गते सोमबार हुनेछ ।

२०७६ बैशाख १७, मंगलवार मा प्रकाशित

Loading...

Leave a Comment