टर्किस एयरलाइन्स गल्फ शनिबारबाट

काठमाडौं, वैशाख १७ । कर्पाेरेट क्षेत्रको सबैभन्दा ठूलो गल्फ प्रतियोगिताअन्तर्गतको टर्किस एयरलाइन्स गल्फ आगामी शनिबार हुने भएको छ । आयोजक टर्किस एयरलाइन्सले मंगलबार पत्रकार सम्मेलनमार्फत कर्पाेरेट क्षेत्रको सबैभन्दा ठूलो गल्फ प्रतियोगिता ११ मार्चमा काठमाडौंमा हुने जनाएको हो ।

टर्किस एयरलाइन्स वल्र्ड गल्फ कपको छनोटको रूपमा रहेको उक्त प्रतियोगितामा सय गल्फरले गोकर्ण गल्फ कोर्समा प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताका लागि रोयल नेपाल गल्फ क्लबबाट १५ गल्फर, पोखराको हिमालयन गल्फ कोर्सबाट ३ र धरान निर्भाना कन्ट्री क्लबबाट ३ खेलाडी छनोट भएर खेल्न पाउनेछन् । बाँकी गोकर्ण गल्फ क्लब र आयोजकको तर्पmका गल्फरले खेल्नेछन् ।

एमेच्योर गल्फरको मात्र प्रतिस्पर्धा गर्ने प्रतियोगिता स्टेबलफर्ड फम्र्याटमा कुल १८ होलमा हुने गोकर्ण फरेस्ट रिसोर्टका सिनियर गल्फ डाइरेक्टर दीपक आचार्यले जानकारी दिए । प्रतियोगिताको विजेताले टर्कीको अन्टालयमा हुने टर्किस एयरलाइन्स वल्र्ड गल्फ कप प्रतियोगितामा सहभागिता जनाउन पाउनेछन् । टर्किस एयरलाइन्स वल्र्ड गल्फ कप आगामी नोभेम्बर पहिलो साता हुनेछ ।

उक्त प्रतियोगितामा १ सय ५ राष्ट्रबाट छनोट भएका खेलाडीले सहभागिता जनाउनेछन् । आयोजक टर्किस एयरलाइन्सका जनरल म्यानेजर अब्दुलाह टुन्सेरले दोस्रो पटक हुन लागेको प्रतियोगिताबाट खेलाडीले धेरै पक्षको ज्ञान लिन पाउने बताए । गोकर्ण गल्फ कोर्सका सदस्य भाइराजा पाण्डेले यस प्रतियोगितामा नेपाली खेलाडीको स्तरोन्नतिका लागि कोसे ढुंगा बन्ने उल्लेख गर्दै पर्यटन क्षेत्रमा समेत टेवा पुग्ने बताए ।

२०७६ बैशाख १७, मंगलवार मा प्रकाशित

Loading...

Leave a Comment